मलेखु, धादिङ, १३ वैशाख । सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ ।
जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा बिहिबार आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा हानिकारक इन्टोअमिवा हिस्टोलाइटिका किटाणु भेटिएर पोटोजोअल संक्रमण भएको बताए । ९६ दिनमा ९६ बिरामीको परीक्षण गरिएकामा ३० जनामा कीटाणु भेटिएकाले सजगता अपनाउन उनले आग्रह गरे ।
यसैबीच एन्टिरेविज भ्याक्सिन नहुँदा जिल्ला अस्पताल तथा स्वास्थ्यचौकीमा आउने सेवाग्राही मर्कामा परेका छन् । भ्याक्सिन अभावमा सेवाग्राहीले महँगो दरमा भ्याक्सिन खरिद गर्नुपरेको गुनासो गरेका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकीमा एन्टिरेबिज भ्याक्सिन स्वास्थ्य मन्त्रालयले खरिद गरी पठाउनुपर्नेमा अहिलेसम्म भ्याक्सिन नआएको श्रेष्ठको भनाइ थियो ।
जिल्लाभरका स्वास्थ्यचौकीमा निःशुल्क उपलब्ध गराउनुपर्ने १४ प्रकारका औषधिको पनि अभाव रहेको उनले जानकारी दिए ।
रासस
The post खानेपानीमा झाडाका कीटाणु भेटिए appeared first on Sajha Post.