फोक्सोको क्यान्सर फोक्सोबाट सुरु भएर पूरै शरीरमा फैलन्छ । अमेरिकामा मानिसको मृत्यूको प्रमुख कारण फोक्सो क्यान्सर हो । यो केवल ध्रम्रपान गरेर मात्र हुँदैन । यदि तपाई धुम्रपान गर्नुहुन्न भने पनि तपाईंलाई फोक्सोको क्यान्सर हुन सक्छ । किनकी धुम्रपान गर्नेबाट निस्कने धुँवा तपाईंसम्म पुगिरहेको हुनसक्छ । यस्तो क्यान्सर २० प्रकारका हुन्छन् । तर, सामान्यतः २ प्रकारका क्यान्सर हुन्छन् । तीन हुन्- नन्-स्मल सेल लङ् क्यान्सर र स्मल सेल लङ क्यान्सर ।
फोक्सो क्यान्सर विज्ञहरुका अनुसार फोक्सोको क्यान्सरका केही लक्षणहरु हुन्छन्, जसलाई हेलचेक्र्याईं गर्दा रोग शरीरभरी फैलन सक्छ । शरीरमा यी संकेतहरु देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।
यदि तपाईंको गर्दन र अनुहार लगातार सुन्निएमा यसलाई बेवास्ता नगर्नुहोस् । यो फोक्सो क्यान्सरको लक्षण हुनसक्छ ।
काँध, हात र पाखुरामा दुखाई र कमजोरी अनुभव भएका यो पनि क्यान्सरको लक्षण हुनसक्छ ।
घाँटीमा कफ जम्नु र कहिलेकाँकी कफमा रगत देखिएमा सचेत रहनुहोस् । यो फोक्सो क्यान्सरको एउटा लक्षण हुनसक्छ ।
पटक-पटक श्वास प्रश्वासमा समस्या हुनु र निमोनिया भइरहनु पनि फोक्सो क्यान्सरको लक्षण हुनसक्छ ।
खानेकुरा निल्न समस्या भएमा पनि समयमै चिकित्सकसँग परामर्श लिनुपर्छ ।
थकावट महसुस हुनु र भोक र तौल कम हुनु पनि फोक्सो क्यान्सरको लक्षण हुनुपर्दछ ।
निरन्तर श्वास लिन समस्या र छातीमा दुखाई भएमा पनि सचेत रहनुपर्दछ ।
पटक-पटक ज्वरो आउनु र जाने हुनु र टाउको दुख्नु पनि फोक्सो क्यान्सरको लक्षण हुनसक्छ ।
The post यी लक्षणहरु देखिए भएको हुनसक्छ फोक्सोको क्यान्सर appeared first on Sajha Post.