Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नरदेवी हस्पिटलका डाक्टर’साप घुससहित रंगेहात पक्राउ

$
0
0

काठमाडौं, ४ वैशाख । आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिंदै गर्दा रंगेहात पक्राउ गरिएको छ ।

आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट ३७ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाक्टर यादवलार्इ पक्राउ गरेको हो ।

यादवले विद्यार्थीसँग तालिम प्रयोजनको लागि भन्दै घुस मागेपछि अख्तियारमा उजुरी परेको र सोही उजुरीका आधारमा उनीमाथि निगरानी बढाइएको अख्तियारले जनाएको छ । डा. यादवलाई आयुर्वेद चिकित्सालय नरदेवीको सरकारी निवासबाट नै घुस पक्राउ गरिएको हो ।

The post नरदेवी हस्पिटलका डाक्टर’साप घुससहित रंगेहात पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles