काठमाडौँ, ४ वैशाख । निद्राका लागि कोठाको वातावरण शान्त रहन पनि जरुरी हुन्छ । त्यसका लागि तपाईंले बेडरुममा भएका सेलफोन, कम्प्युटर, ट्याब्लेड, टिभीका स्क्रिनबाट निस्कने लाइट बन्द गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई सडकको हल्ला, सवारीसाधनको आवाजले बाधा पुर्याउने गरेको छ भने यसको विकल्पबारे पनि सोच्न सक्नुहुन्छ । यस्ता समस्याबाट छुटकारा पाउनका लागि सुत्ने समय आफूलाई मन पर्ने म्युजिक सुन्न सक्नुहुन्छ । जसले तपाईंलाई आराम प्रदान गर्नुका साथै निदाउन सहयोग पुग्छ ।
यदि प्रत्येक रात निद्राका लागि संघर्ष गर्न बाध्य हुनुहुन्छ भने एउटा काम गर्न सक्नुहुन्छ । ओछ्यान पुग्नुभन्दा पहिले चेरीको जुस पिउने गरेमा निद्रा लाग्न सक्छ । विभिन्न अनुसन्धानले भनेको छ कि चेरीमा मेलाटोनिक तत्व हुन्छ, जसले मानिसलाई निदाउन मद्दत गर्छ ।
कतिपयलाई विभिन्न एलर्जीका कारण पनि निद्रामा बाधा उत्पन्न गर्छ । कहिलेकाहीँ गर्मी वा अन्य वातावरणीय कारणले पनि निद्रा नलाग्न सक्छ । यदि यस्तो हो भने कागती काटेर ओछ्यानको छेउमा राख्न सक्नुहुन्छ । यसो गर्दा कोठालाई सुगन्धयुक्त बनाउनुका साथै स्वस्थ श्वासप्रश्वासका लागि पनि भूमिका खेल्छ । जसले आरामदायी निद्रा लाग्न सहयोग पुर्याउँछ ।
The post निन्द्रा परेन ? यसो गर्नुहोस् appeared first on Sajha Post.