गर्मीमा अनुहारमा आलुको रस लगाउनाले धेरै फाइदाहरु पाउन सकिन्छ । यसले अनुहारका बिबिराबाट मुक्ति दिनुका साथै छालालाई गोरो बनाउने काम गर्छ ।
यसलाई प्रयोग गर्ने विधि पनि एकदमै सजिलो छ । यसका लागि आलुलाई कुटेर त्यसको रस निकालेर अनुहारमा लगाउनुपर्छ ।
आलुलाई कुटेर त्यसको बाक्लो रसलाई अनुहारमा लगाएर पाँचदेखि दश मिनेटसम्म राख्नुहोस् र यसलाई सफा पानीले धुनुहोस् । यसले छालाका दागहरु हराउनुको साथै छाला सफा हुन्छ ।
कसैको अनुहारको छाला दुई रंगको हुन्छ निधार र नाक कालो देखिन्छ भने बाँकी अनुहार गोरो । यस्तो अनुहारमा आलुको रस लगाउनुभयो भने छालाको रंग समान हुन्छ । सै यसले अनुहारको लाइट पनि बढाउँछ ।
आलुको रसमा रुवा चोभेर आखाँमाथि राख्ने गर्नाले आँखा वरिपरीको कालो भाव पनि हराएर जान्छ । यसका लागि रुवालाई करिब पाँच मिनेट आँखामाथि राख्नुपर्छ ।
The post अनुहारको छाला चम्काउन आलुको रस appeared first on Sajha Post.