Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जापानीज वाटर थेरापीका पाँच उपाय, दर्जनौं फाइदाहरु

$
0
0

जापानीज वाटर थेरापी पानी पिउने एउटा अत्याधुनिक तरिका जसले शरीरको तौल कम गराउनुका साथै अन्य धेरै स्वास्थ्य समस्यालाई ठिक गर्न सक्छ ।

यस थेरापीका अनुसार मानिस जसरी दिनभरी पानी पिउँछ त्यसले स्वास्थ्यमा असर पारिरहेको हुन्छ । कायरोप्रेक्टीशनर चिकित्सक डा एन्थोनी बिजका अनुसार यस थेरापी अनुसार पानी पिउदा पाँच कुराहरुलाई ध्यान राख्नुपर्छ-

  • पहिलो बिहान उठ्ने बित्तिकै खालीपेटमा चारदेखि छ ग्लाससम्म पानी पिउनुपर्छ । कोठाको तापक्रम मिल्दो पानी हुनुपर्छ र त्यसमा कागती राखेर पिउन सकिन्छ ।
  • पानी पिएर दाँत माझेपछि ४५ मिनेटसम्म केही सेवन नगर्नुस् ।
  • दिनमा केही कुरा खाएपछि दुई घण्टासम्म केही नपिउनुहोस् ।
  • यदि एकैपटक सबै पानी पिउन सकिँदैन भने प्रत्येक ग्लास पछि एक मिनेट पर्खेर पानी पिउनुहोस् ।
  • यदि उमेर धेरै छ भने थोरै पानी पिएर यस्तो बानीको विकास गर्नुहोस् ।

यी पाँच कुराहरु ध्यान राख्नुभयो भने तपाईको पाचन प्रणाली ठिक हुनुका साथै तौल कम हुन्छ । डायबेटिज भएका मानिसहरुका लागि फाइदाजनक हुन्छ । उच्च रक्तचापको समस्या हराएर जान्छ । आर्थराइटिस रोग भएकाका लागि फाइदाजनक सावित हुन्छ । तनाव कम हुनुका साथै शरीरको विषाक्त पदार्थहरु निष्कासन हुन्छ ।

The post जापानीज वाटर थेरापीका पाँच उपाय, दर्जनौं फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles