Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

धेरै समय दुध उमाल्नुहुन्छ भने थाहा पाउनुहोस् त्यसको नोक्सान

$
0
0

एजेन्सी, १९ चैत । मानिसहरु दुधको स्वाद र ताजापन बढाउनका लागि धेरैपटक उमाल्ने गर्छन् । तर त्यसले दुधमा पाइने तत्वलाई नकरात्मक असर पुर्‍याउने कुरा धेरैलाई थाहा हुँदैन ।

यस विषयमाथि धेरै अनुसन्धानहरु भैसकेका छन् । अनुसन्धानको अनुसार १७ प्रतिशत गृहणीलाई मात्र दुध उमाल्दा त्यसमा पाइने पोषक तत्व नाश भएर जाने ज्ञान छ । तर ५९ प्रतिशत महिलाहरुमा दुध उमाल्दा पोषक तत्व बढ्ने र २७ प्रतिशतमा पोषक तत्वमा कुनै असर नपर्ने भ्रम रहेको अनुसन्धानले देखाएको छ ।

दुधलाई धेरै समय आगोमा पकाउँदा त्यसमा पाइने प्रोटिन तत्व जलेर जान्छ । यसकारण दुधमा पाइने प्रमुख तत्व नाश हुन्छ ।

दुध फाट्नबाट बचाउनका लागि त्यसलाई फ्रिजमा राख्न सकिन्छ । तर अत्याधिक तातो दुधलाई फ्रिजमा राख्नु हुँदैन, दुधलाई एकपटक उमाल्दा त्यो पर्याप्त हुन्छ । दुध पहिलोपटक उम्लेपछि त्यसलाई दुई तीन मिनेटभन्दा धेरै समय आगोमा राख्नु हुँदैन ।

The post धेरै समय दुध उमाल्नुहुन्छ भने थाहा पाउनुहोस् त्यसको नोक्सान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles