Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

किन दुख्छ टाउको ?

$
0
0

एजेन्सी, ९ चैत ।  तनाबले टाउको दुख्नुलाई टेन्सन हेडेक भनिन्छ । वर्षौंदेखि टाउको दुखिरहेको, सबैतिर दुख्ने, टाउको भारी भएजस्तो हुने लक्षणहरू देखिन्छन् । टाउको गह्रौँ भएजस्तो या किरा हिँडेजस्तो पनि हुन्छ । चक्कर लाग्ने, मन्द–मन्द निरन्तर दुखिरहने समस्या पनि टेन्सन हेडेकमा हुन्छ । यो समस्या सामान्य औषधि खाएर पनि निको हुन्छ । कुनै तनाब, निद्रामा गडबढीलगायत कारण यो समस्या हुन्छ ।

टाउको दुख्दा बल्किने, दुखेपछि चार घण्टादेखि दुई दिनसम्म दुखिरहने, उल्टी आउलाजस्तो हुने र आइहाल्ने पनि हुन्छ । यो समस्यामा कडा औषधि खानुपर्ने, इन्जेक्सन लगाउनुपर्ने हुन्छ । कसैलाई सुत्नैपर्ने हुन सक्छ । माइग्रेनका कारण टाउको दुख्नेहरूलाई घामले र आवाजले पनि फरक पार्न सक्छ । कसैलाई त हिँडडुल गर्दा पनि टाउकोदुखाइ बढ्ने भएकाले घरभित्रै आराम गर्नुपर्ने हुन्छ । कसैको एकपाटो मात्रै टाउको दुख्ने पनि हुन्छ, तर सधैँ एकपाटो मात्र दुख्ने भन्नेचाहिँ नहुन सक्छ ।

धेरै जोडसँग दुख्नु, सुरुमा सहन नसक्ने दुखाइ हुनु, दुखाइ बढिराख्नु, जचाउँदा नसासम्बन्धी समस्या देखिनु टाउकोदुखाइका जटिल अवस्था हुन् । यसैगरी, ज्वरो आउनु, उल्टी हुनु, निद्रा बिग्रिनु, बिहान उठेलगत्तै दुख्नु पनि जटिल अवस्था हुन् । ५५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई दुख्दा अझै जटिल हुन सक्छ । लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श लिनुपर्छ ।

The post किन दुख्छ टाउको ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles