एजेन्सी, ८ चैत । सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् । बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ । बच्चाको कानलाई सधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर । यहाँा बच्चाको कानलाई सुरक्षित रुपले सफा गर्ने केही टिप्सहरु बताइरहेको छु ।
नुहाउँदाको समयमा सफा गर्नुहोस्
बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनुभनदा पहिले हुन्छ । मालिश पछि तपाईको बच्चाको कानलाई सावधानीपर्ूवक सफा गर्नुहोस् । यो समय कानहरुमा रुखापना हुदैन र वैक्स सजिलै निस्किन्छ ।
तातो कपडाले पोछनुहोस्ः
जब तपाई आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरुमा तातो कपडाले पोछिदिनुहोस् । यस्तो नियमित रुपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईको बच्चालाई कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउदैन ।
कटन स्वैबस न छिराउनुहोस्
बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुस् । ज्यादै गहिराइसम्म बड न छिराउनुहोस नत्र कानको पर्दामा चोट पुग्ने डर रहन्छ ।
इअर ड्रप
कहिलेकाही बच्चाहरुको कानलाई सफा गरेर पनि कुरा हुदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् ।
घरेलु औषधीहरको प्रयोग नगर्नुस्
बच्चाहरको कान सफा गर्ने समयमा केयौ पटक मानिसहरुले घरेलु तरिकाहरुको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सन ष्लाभहतष्यल को खतरा हुन सक्छ ।
सावधान रहनुस्
बच्चा चंचल हुन्छ, यस्तोमा उ तपाईको कान सफा गर्ने समयमा गाहृो बनाउन सक्छ । यसैले कान सफा गर्ने समयमा उसलाई कँसेर समात्नुस र सावधान रहनुस् । नत्र बच्चाको अलिकति हल्लीनाले उसलाई उसलाई चोट पुग्न सक्छ ।
ड्राइ भएपछि सफा नगर्नुस्
जब बच्चाहरुको कान रुखो हुनछ तब उसलाई सफा गर्ने कोशिष न गर्नुस् । यसले छालामा खिचाव आउन सक्छ ।। बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ ।
The post यस्ता छन् बच्चाको कान सफा गर्ने टिप्स appeared first on Sajha Post.