बालक, युवा अनि वृद्धावस्था भनेको प्राकृतिक कुरा हो । यसलाई कसैले पनि रोक्न सक्दैनौ । तर कोही–कोही उमेरै नपुगी नै अनुहारमा चाउरी पर्नु भनेको खाद्यान्नको कारणले हो । त्यसैले खाद्य पदार्थमा अनियमितताका कारण कम उमेरमै बुढौलीले छोएको जस्तो देखिन्छ । त्यस्ता केही खाद्य पदार्थहरुबाट टाढै रहनाले उमेर अनुसार जवान देखिन सकिन्छ । त्यस्ता खाद्य पदार्थहरुमा जंक फुडको सेवन, भुटेतारेको खानेकुरा, अत्याधिक मात्रामा मद्यपान लगायत रहेका छन् । जसको सेवनले हाम्रो स्वास्थ्यमा हानी पु¥याउँछ भने त्यस्ता खानेकुराहरुले खानेकुराले हामीलाई चाँडै नै बुढो देखाउँछ ।
१. रक्सी
रक्सीले डिहाइड्रेसन गराउँछ । रक्सीको अत्याधिक सेवनले उमेर नपुगी नै चाउरीपना देखा पर्ने, अनुहार रातो देखिने, आँखाको डिल सुन्निएको जस्तो देखिने हुन्छ । त्यसैले रक्सीको सेवन छोड्नु नै उत्तम हुनेछ ।
२. चिनी
चिनीले पनि चाँडै बुढ्यौली निम्त्याउँछ । धेरै मात्रामा गुलियो खानाले पाचनक्रिया बिगार्नुका साथै कोलेस्ट्रोलको मात्रा पनि बढाउन सक्छ। चिनीले तौल बढाउने मात्र होइन, छाला चाउरी पार्ने, झोल्लिने र स्वास्थ्यमा पनि हानि समेत पुर्याइरहेको हुन्छ ।
३. नून
नून पनि अत्याधिक मात्रामा सेवन गर्नु हुँदैन । यसले पनि शरीरमा डिहाइड्रेसन गराउँछ । नूनको बढी सेवनले मिर्गौला रोग, उच्च रक्तचापको जोखिम बढाउनुका साथै अनुहार थकित तथा बुढो देखाउँछ।
४. फास्ट फुड
फास्ट फुड तथा जंक फुड संस्कृतिले हामीलाई गाँजेको छ। प्याक गरिएका फास्ट फुडमा फ्याटी एसिड हुन्छ जसले धमनी र नसाहरु अवरुद्ध गराउँदछ र त्यसको परिणाम शरीरमा बोसो जम्छ । यस्ता खानाले कोषाणुमा तरलताका अभाव गर्ने, कलेजोमा समस्या गराउनका साथै छाला कडा तथा चाउरिएको जस्तो देखाउँछ ।
५. गहुँ
गहुँमा एड्भान्स ग्लाइकेसन एन्ड प्रोडक्ट नामक कम्पाउण्ड हुन्छ । जसको सेवनले छिटो बुढो देखाउँछ। धेरै मात्रामा गहुँबाट बनेका खानाहरु खाँदा मधुमेह लाग्न सक्छ ।
६. इनर्जी ड्रिंक्स
इनर्जी ड्रिंक्समा धेरै मात्रा कफिन हुन्छ जुन डिहाइड्रेसनको मुख्य कारक हो । इनर्जी ड्रिंक्सहरुमा चिनी धेरै मात्रामा हुने गर्दछ जसले छिटो बुढो देखाउँछ अनि चाउरीपना बढ्न थाल्छ।
एजेन्सीको सहयोगमा
The post उमेरमै बुढौली हुनबाट बच्न यी खानेकुराबाट टाढै रहनुहोस् appeared first on Sajha Post.