एजेन्सी, २ चैत । मौसम बदल्ने समयमा मौसमी हैजाकाे संक्रमणको खतरा रहन्छ । यस्तो खतराबाट बच्न डाक्टरको महंगो औषधी खानुभन्दा पनि एउटा घरेलु उपाय अप्नाउनुभयो भने त्यसले तपाईलाई संक्रमणबाट बचाउन सक्छ ।
संधै नुहाउने पानीमा नुन मिसाउनुहोस् । नुन मिसाएको पानीमा नुहाउनाले शरीरले धेरै फाइदाहरु पाउँछन् । नुन पानीमा नुहाउँदा शरिरका भित्री अंगहरु सफा रहन्छन् र भाइरस ब्याक्टेरियाको संक्रमणको खतरा रहँदैन ।
यदि तपाईको छालामा कुनै पनि किसिमका घाउखटिरा या रोग छ भने नुहाउने पानीमा एक चम्चा नुन मिलाइदिनुहोस् । यसले तपाईको छालामा भएका दाद, चिलाउनेजस्ता समस्याहरु निको भएर जान्छन् ।
नुन मिसाएको पानीमा नुहाउनाले छालालाई ताजा, नरम र कलिलो बनाउँछ । यस्तो पानीमा नुहाउनाले घुँडा र कम्मरको दुखाई पनि निको हुन्छ ।
The post मौसमी हैजाबाट बच्न घरेलु उपाय- नुहाउने पानीमा नुन appeared first on Sajha Post.