एजेन्सी, २४ फागुन । स्वास्थ्यका लागि प्रत्येक दिन आफ्नो डाइटमा फलफूल, हरियो सागपात र प्रोटिन युक्त खाना सेवन गर्नुपर्छ । तर त्यो भन्दा पनि ध्यान राख्नुपर्ने कुरा भनेको त्यसलाई सेवन गर्ने सही समय । समय नमिलाइ त्यस्ता खानाहरुको सेवन गरियो भने त्यसले शरीरमा विस्तारै विषको काम गर्छ र स्वास्थ्यमा उल्टो असर पार्छ ।
शखरखण्ड धेरैलाई मन पर्छ, तर त्यसलाई विहान खाली पेटमा सेवन गर्नाले स्वास्थ्यमा नकरात्मक असर पार्छ । शखरखण्डमा टैनीन र पैक्टीन पदार्थ हुन्छ र खाली पेटमा यो खानाले ग्यास्ट्रिक एसिडको समस्या हुन्छ । यसले छातीमा पोल्ने र ग्याँसको समस्या उत्पन्न गराउँछ ।
काँचो टमाटर स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ, तर विहान खाली पेटमा यसको सेवन नगर्नुहोला । टमाटरमा पाइने अम्ल पदार्थ शरीरमा भएको ग्यास्ट्रोइन्टेस्टाइनल एसिडसँग मिलेपछि त्यसले पेट दुखाउने काम गर्छ । साथै ग्याँस र छाती पोल्ने समस्या पनि उत्पन्न हुनेछ । खाली पेटमा टामाटर खानाले पत्थरीको समस्या पनि दुईगुणा बढ्छ ।
तौल बढाउनलाई मानिसहरु बिहानै खाली पेटमा दुधसँग केरा खान्छन् । तर खाली पेटमा केरा सेवन गर्नाले शरीरभित्र मेग्नीशियमको मात्रा दुईगुणा बढ्छ र यसले शरीरभित्र रहेको क्याल्शियमसँग रासायनिक प्रतिक्रिया गरेर खाना अपच हुने, ग्याँस र एसिडको समस्या जन्माउँछ ।
कफीमा पाइने कैफिन तत्व हाम्रो शरीरका लागि हानीकारक हुन्छ । यदि विहान कफि पिउने तपाईको बानी छ भने कफिअघि पानी पिउनुहोस् । खाली पेटमा कफि मात्र होइन चिया पनि प्रतिकूल छ । यसले शरीरमा ग्याँस र कब्जियतको समस्या उत्पन्न गराउँछ ।
खाली पेटमा कहिल्यैपनि सोडा नपिउनुहोस् । सोडामा धेरै कार्बोनेट एसिड हुन्छ, खाली पेटमा यो शरीरमा भएको एसिडसँग मिलेर पेट दुखाउँछ । साथै यसले छाती पोल्ने समस्या पनि निम्त्याउँछ ।
The post खाली पेटमा सेवन गर्दा विष बन्छन् यी खाद्य तत्व appeared first on Sajha Post.