Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मस्तिष्कसँग जोडिएको क्रोनिकल बिमारी ‘मिर्गी’भए अपनाउनुहाेस् यी उपायहरु

$
0
0

एजेन्सी, २२ फागुन । मस्तिष्कसँग जोडिएको क्रोनिकल बिमारी भनिने मिर्गी रोग वंशाणुगत या टाउकोमा चोट लाग्नाले हुन्छ । मिर्गीबाट ग्रसित भएका मानिसहरुमा लडखडाउने, बेहोश हुने, चक्कर आउनेजस्ता लक्षणहरु देखा पर्छन् । यदि कसैलाई मिर्गीको झट्का पर्यो भने त्यस समय शरीरलाई हानी हुनबाट बचाउन विशेष उपायहरु अपनाउनुपर्छ ।

यदि कोही मिर्गीको कारणले लड्यो भने उसलाई भुँइमा घोप्टो पार्नुहोस् तर ध्यान राख्नुहोस् त्यस समय बिमारीको मुख भुइतिर हुनुपर्छ । यस्तो अवस्थामा बिमारीको मुखभित्र चम्चा या औंला राख्नुहुन्न यसले बिमारीलाई थप नोक्सान पुर्‍याउँछ ।

मिर्गीले छोपेर यदि बिमारी लडदैछ भने उसलाई थाम्ने प्रयास नगर्नुहोस् । उसलाई त्यही हालतमा छोडीदिनुहोस् साथै वरपर रहेका धारिला वस्तुहरु पनि छेउछाउबाट हटाइदिनुहोस् ।

मिर्गीको बिमारीको शीरमुनि कुनै सिरानी या नरम चीजहरु राखिदिनु पर्छ जसले गर्दा शीरमा कतै चोट आउँदैन । मिर्गीले छोपेको अवस्थामा बिरामीलाई खुल्ला हावा आउने ठाँउमा राख्नुपर्छ । धेरै भिडभाडमा बिमारीलाई स्वास प्रस्वासमा समस्या आउन सक्छ ।

बिर्सेर पनि मिर्गीको बिमारीलाई मुखबाट स्वास दिने प्रयास नगर्नुहोला । मिर्गीको बिमारीलाई एक्लै रहन दिनुहुन्न । झट्का लागेर लड्दा शीरमा कुनै किसिमको चोट लागेको खण्डमा बिरामी होशमा नआएसम्म उसलाई केही पनि गर्नुहुन्छ ।

The post मस्तिष्कसँग जोडिएको क्रोनिकल बिमारी ‘मिर्गी’ भए अपनाउनुहाेस् यी उपायहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles