Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अचम्म लाग्न सक्छ बासी खानाका यस्ता छन् फाइदा

$
0
0

एजेन्सी, २० फागुन । बासी खाना अस्वस्थ्यकर र यसले शरीरमा मोटोपना बढाउँछ भनेर धेरैलाई लाग्छ भने त्यो भ्रम हो । यो थाहा सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ कि बासी खानाले शरीरलाई अस्वस्थ्य बनाउनुको सट्टामा शरीरलाई फिट राख्न मद्दत गर्छ ।

बासी खानामा धेरै पोषक तत्व र खनिज पदार्थ हुन्छ । जुन शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । धेरै अनुसन्धानहरुले पनि बासी खाना लाभदायक हुने बताएको छ । यसमा धेरै फाइबर हुन्छ जसले कब्जियत र ग्याँसको समस्यालाई ठीक गर्छ ।

पेटको गर्मीका कारणले मुखहरुको छाला पिल्सिने समस्या पनि बासी खाना खाँदा निको हुने बताइएको छ । साथै यदि तपाई अल्सरबाट पीडित हुनुहुन्छ भने हप्तामा तीन पटकसम्म बासी खाना सेवन गर्नाले तपाईलाई आराम मिल्छ ।

यदि तपाईलाई चिया या कफीको लत बसेको छ भने प्रत्येक बिहान बासी खाना सेवन गर्नु भयो भने त्यसबाट छुटकारा मिल्छ ।

गर्मीको समय नजिकिदैँछ, यी समय बासी खानालाई आफ्नो डाइटमा समावेश गर्नुभयो भने यसले शरीरलाई शीतल बनाउँछ । यसको सतह चिसो हुनेभएकोले गर्मीको समयमा यसको सेवनले शरीरको तापमान सन्तुलित हुन्छ र स-साना रोगबाट पनि बचाउँछ ।

असम कृषि विश्वविद्यालयको एक अनुसन्धान अनुसार बासी खानामा स्वास्थ्यकर तत्वहरु प्रशस्तै पाइन्छ । यदि तपाई १०० ग्राम चामल पकाउनुहुन्छ भने त्यसमा ३.४ मिलीग्राम आइरन पाइन्छ । तर त्यहीमात्रामा बासी खानालाई रातभरी १२ घण्टासम्म  राख्नुभयो भने त्यसमा आइरन बढेर ७३.९१ मिलीग्राम पुग्नेछ । यसरीनै  बासी चामलमा सोडियम, पोटाशियम, क्याल्शियमको मात्रा पनि बढेर जान्छ ।

The post अचम्म लाग्न सक्छ बासी खानाका यस्ता छन् फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles