Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

टेरेनन् डा. गोविन्द केसीले सर्वोच्चको आदेश

$
0
0
फाइल फोटो

काठमाडौं, ८ फागुन । छानविनको दायरामा रहेका प्रधानन्यायाधीशले राजिनामा नदिएका कारण डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् । अदालतको मानहानीको अभियोगमा मंगलबार डा केसीलाई सर्वोच्चमा वयानका लागि तारेख तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको डा. केसीले बताए ।

डा. केसीले मंगलबार साँझ हस्तलिखित प्रेस बिज्ञप्ती जारी गर्दै अदालतको तारेख अस्वीकार गरेको खुलाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’

डा. केसीले आफूविरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालकले हालेको अदालतको अवहेलना मुद्दामा भने आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।

साथै पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

The post टेरेनन् डा. गोविन्द केसीले सर्वोच्चको आदेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images