काठमाडौ । पछिल्लो समय प्रबिधिले हामीलाई धेरै सहज बनाईदिएको छ । साना नानीहरु हुन् या ठूला व्यक्तिहरु अहिले अधिकाँश समय कम्प्युटर,मोबाईल अत्याधुनिक प्रबिधियुक्त टेलिभिजनको नजिक बसिरहेका हुन्छौं । निरन्तर यी र यस्ता प्रबिधियुक्त साधनले कामलाई सहजै बनाईदिएको छ । मानिसलाई विश्वसामु जोडिदिएको छ ।
तर यीनै साधनहरुको लामो समय प्रयोग गरिरहँदा मानिसको आँखामा पनि विस्तारै असर परिरहेको छ । आँखा पोल्ने, धमिलो महशुस हुने,आँखालाई थकाई लागेको महशुस हुने, सुख्खा हुने लगायतका समस्याहरु देखिने गरेको विभिन्न अस्पतालका डक्टरहरु बताउँछन् । डक्टरहरुका अनुसार यसलाई भिजन सिन्ड्रोम भनिन्छ ।
विद्युतीय सामग्रीको काँचबाट प्रवाह हुने किरणले आँखा सुख्खा भई यस्ता समस्या देखिने गरेको उनीहरु बताउँछन् । मोबाईल,कम्प्युटर,टिभी लगायत सामाग्रीको प्रयोग गर्दा निश्चित दूरी र समयको ख्याल नगर्दा बिद्यार्थीदेखि पत्रकार,कम्प्युटर इन्जिनियर, बैंकिङ क्षेत्र लगायत विभिन्न पेशा व्यवसायमा आबद्धहरुमा पनि यस्तो समस्या देखिने गरेको छ । त्यसैले डक्टरहरु भन्छन् , ‘अब आँखालाई आराम दिंदै दिंदै कामहरु गर्नुपर्ने बेला भएको छ ।’
धेरै मानिसहरु आजकल मौसमअनुसारको कोठाको तापक्रम बनाई काम गर्ने गर्दछन् । एसी वा हिटरको प्रयोग गरि यी सामग्री चलाउँदा पनि आँखा सुख्खा हुने सम्भावना झन् बढी हुने डक्टरहरुको भनाई छ ।
डक्टरहरुका अनुसार हाम्रो आँखाको परेला माथि ४० वटा र तल्लो भागमा २५ वटा ग्रन्थी हुन्छन् । यी ग्रन्थीहरुमा असर पर्ने वित्तिकै भिजन सिन्ड्रोमका लक्षणहरु देखिन थालिहाल्छन् ।
डक्टरहरुका अनुसार आँखालाई स्वस्थ राख्नका लागि परेला झिम्किरहनु अति आवश्यक छ । स्वासप्रश्वासका लागि फोक्सोको चाल, रगत प्रवfहको लागि मुटुको चालजस्तै आँखालाई स्वस्थ राख्नका लागि पनि आँखाकाे परेला झिम्किरहनु आवश्यक छ । लगातार मोबाईल,कम्प्युटरमा बसिरहँदा हाम्रो परेला जति झिम्कनुपर्ने हो त्यति पटक झिम्कननसक्दा हाल भिजन सिन्ड्रोमको समस्या बढ्दै गएको उनीहरु बताउँछन् ।
त्यसैले सामान्यत एक मिनेटमा पन्ध्र पटक परेली झिम्कनुपर्ने डक्टरहरुको सुझाव छ ।
आँखा झिम्किने प्रक्रिया रोकिने वित्तिकै आँखामा तरल पदार्थ उत्पन्न हुँदैन। तरल पदार्थले भिजाएर चीसोपना राख्नु पर्नेमा आँखा सुख्खा हुन पुग्छ । दृश्य हेर्न सहयोग पु¥याउने नानी सुख्खा हुँदा लेयर हट्छ । दृश्य धमिलो देखिने, आँखा चिम्म गर्दा आनन्द महसुस हुने हुन्छ । त्यस्तै टाउको दुख्ने, काम गर्दा अल्छि लाग्ने जस्ता लक्षणहरु देखिन्छन्।
त्यसैले काम गरिरहेका समयमा बीचबीचमा आँखालाई आराम दिने, आराम गर्ने, स्वच्छ पानीले बारम्बार आँखा सफा गर्ने, बाहिर टहलिने र पर्याप्त पानी पिइरहने गर्नुपर्छ । आँखा धेरै नै सुक्खा भएमा कृत्रिमरुपमा तरल पदार्थ निस्कने औषधि राखेर भएपनि आँखामा चिसोपना गराउनुपर्ने डाक्टरहरुको सुझाव छ ।
The post लगातार कम्प्युटर, मोबाइलमा बस्दा तपाईको आँखामा समस्या आयो, त्यसोभए यसो गर्नुस् ! appeared first on Sajha Post.