काठमाडौं । मानिसहरु मोटोपनलाई लिएर निकै चिन्ता लिने गर्छन् । कारण हो, शारीरिक अस्वस्थता र नमिल्दो ज्यान । यदि तपाई मोटो हुनुहुन्छ, पेट निस्किएको छ र शारीरिक अभ्यास समेत गर्न पाउनुभएको छैन भने तपाईले केही खानालाई अस्वीकार गर्नुपर्ने हुन्छ । मोटो मानिसहरुले खान नहुने केही खानेकुराहरु तल दिइएको छ ।
चिप्स
१५ पिस चिप्समा १६० भन्दा बढी क्यालोरी हुन्छ । यसले तपाईको पेटलाई झन् बाहिर ल्याउन सहयोग गर्छ । चिप्सको ठाउँमा तपाईले पपकर्न खान सक्नुहुन्छ । यसमा कम क्यालोरी हुन्छ ।
हट डग
एक चीजी हट डगमा ३९० क्यालोरी हुन्छ । मोटोपनको समस्या भएका मानिसहरुले सकेसम्म यो नखानु नै उत्तम हुन्छ ।
आइसक्रिम
एक हाफ कप भेनिला आइसक्रिममा २३० क्यालोरी हुन्छ । यसको सेवनले तपाईको पेट अझै बढन् सक्छ ।
केक र पेस्ट्री
यदि मोटाएर तपाईको पेट बाहिर निस्किएको छ भने केक र पेस्ट्री भुलेनर पनि नखानुहोला । तपाईलाई बताऔै कि एक डोनट केकमा २६० क्यालोरी हुन्छ । त्यस्तै एक प्याकेटमा केकमा ३ हजार १२० क्यालोरी हुन्छ ।
त्यस्तै मोटोपनको शिकार भएका मानिसहरुले बियर र बर्गर पनि खानु राम्रो मानिन्न ।
The post मोटाएर पेट निस्किएको छ भने यी खानेकुरा कहिल्यै नखानुहोस् appeared first on Sajha Post.