Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शाकाहारी बनेर पुर्नजन्म पाए एक व्यक्तिले…

$
0
0

एजेन्सी, २९ मंसिर । एक जना व्यक्ति शाकाहारी भएपछि घातक मानिने क्यान्सर रोगबाट मुक्त भएका छन् । ती व्यक्तिको ठूलो आन्द्रामा लागेको रोग निको भएको हो ।

सन् २०१२ मा त्रिचालिस वर्षीय अमेरिकी नागरिक रोब मुबेरीलाई कोलोरेक्टल क्यान्सर वा ठूलो आन्दाको मुख्य भागमा क्यान्सर भएको डाक्टरहरूले बताएका थिए । डाक्टरहरूले गुलियो तथा जङ्क फुडका कारण क्यान्सर चौथो चरणमा पुगेको भनेपछि मुबेरी निकै चिन्तित बनेको थिए । कलेजोसम्म फैलिसकेको क्यान्सरलाई अपरेशन, केमो तथा रेडियोथेरापी गरेपनि नगन्य सुधार आएपछि उनले शाकाहारी भोजन गर्न शुरू गरेका थिए । लगत्तै उनको क्यान्सर सन् २०१३ मा ८० प्रतिशतले घटेको थियो ।

जुम्ल्याहा सन्तान र श्रीमति अमाण्डाका साथमा मुबेरी

बारमा काम गर्ने मुबेरी अहिले क्यान्सरबाट मुक्त भइसकेका छन् । २ जुम्ल्याहा सन्तान र श्रीमतिसँग बस्दै आएका उनले क्यान्सर पिडित अन्य विरामीलाई सहयोग गर्ने उद्देश्यले एउटा कल्याणकारी संस्था पनि स्थापना गरिसकेका छन् । अमेरिकी लोक गायक टिम म्याकग्रअले मुबेरीबारे ट्विट गरेपछि उनको कथा भाइरल यतिबेला बनेको छ ।

The post शाकाहारी बनेर पुर्नजन्म पाए एक व्यक्तिले… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles