Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कब्जियतका बिरामीले भुलेर पनि खानुहुन्न यी खानेकुरा

$
0
0

एजेन्सी । आजको आधुनिक र व्यस्त जीवनमा खानपिनमा सन्तुलन नमिलेकाले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । पर्याप्त पानी नपिउने ,अस्वस्थ खानेकुरन खाने र तनावका कारण कब्जियत हुने गर्छ । कतिपय मानिसहरुले सुरुमै यसप्रति ध्यान नदिएकाले पछि गएर यस रोगले ठूलो रुप लिने गर्छ । त्यसकारण यो समस्या बढ्नु अघि नै सावधानी अपनाउनु पर्छ । यसका बिरामीले यी खानेकुराबाट सकेसम्म टाढै रहनुपर्छ ।

१. काँचो केरा
कब्जियतको समस्या भएको मानिसले केराबाट टाढै रहने गर्नुपर्छ । विशेषगरी काँचो केराले सन्चो मानिसलाई समेत कब्जियत गराउन सक्छ । केरामा धेरै मात्रामा स्टार्च पाइन्छ जसलाई पचाउन हाम्रो शरीरलाई धेरै कठिन हुन्छ । यसका साथै केराले आन्द्राको पानीलाई पनि सोस्ने हुनाले दिशा झनै सुख्खा बन्छ र यसले बिरामीको हालत अझ खराब बनाइदिन्छ ।

२. चुईँगम
चुईँगम खाँदा अलिअलि टुक्राहरु हामीले थाहा नपाइ निलिरहेका हुन्छौँ । यस्तोमा पेटले पचाउन नसक्ने दाना र बिँयाहरुसँग ती चुईगम टाँसिएर सबैलाई एकैतिर थुपार्छ । यस्तोमा यसले दिशालाई बाहिर निस्कन गाह्रो बनाइदिन्छ । त्यसकारण कब्जियत भएकाले सकेसम्म चुईगम नखाएकै राम्रो मानिन्छ ।

३. हलुवावेद
हलुवावेदमा धेरै मात्रामा ट्यनिन एसिड हुन्छ जसले खानेकुरालाई पेटमा सर्नबाट रोक्छ । यस्तोमा हाम्रो पेटलाई पचाउन पनि लामो समय लाग्छ र कब्जियतको समस्याले झनै गम्भीर रुप लिन्छ ।

४. रातो मासु
कब्जियतको समस्या भएका मानिसले रातो मासु खानु हुँदैन । यसमा अधिक मात्रामा फाइबर, आइरन र फ्याट पाइने भएकाले हाम्रो शरीरलाई पचाउन धेरै गाह्रो हुन्छ र यसले कब्जियत गराउने सम्भावना अधिक हुन्छ ।

५. सेतो पाउरोटी
सेतो पाउरोटीमा अधिक मात्रामा स्टार्च हुन्छ तर फाइबर हुँदैन । यसैकारण सकेसम्म सेतो पाउरोटी खानु हुँदैन ।

६. मादक पदार्थ
मादक पदार्थले पाचन प्रक्रियालाई सुस्त बनाउने भएकाले यसले कब्जियतका बिरामीलाई अझ धेरै दुःख दिन्छ ।

७. चकलेट
कब्जियतको समस्याले ग्रस्त भएका मनिसले भुलेर पनि चकलेट खानु हुँदैन । चकलेट यी बिरामीको सबैभन्दा ठूलो दुस्मन हो । यसमा अत्याधिक फ्याट र अन्य पदार्थहरु हुन्छन् जसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ । यसका साथै यसले हाम्रो गूद्धारका मांसपेसीलाई खुम्चाउने हुनाले चकलेटबाट टाढै रहनुपर्छ ।

८. दुधबाट बनेका खानेकुरा
अधिक मात्रामा दुधबाट बनेको खानेकुरा खाँदा कब्जियतको समस्या झनै बढ्दै जान्छ । यसले पेटमा धेरै ग्यास उत्पन्न गराउँछ । त्यसकारण कब्जियत भएका मानिसले दुध, चिज, दही र आइसक्रिम पनि धेरै खाने गर्नु हुँदैन ।

९. चिप्स
चिप्स खानमा मिठो भएपनि यसमा धेरै फ्याट हुन्छ र फाइबर अनि अन्य पोषकतत्व पाइँदैन । त्यसकारण यसले पाचन प्रक्रियालाई सुस्त पारिदिएर कब्जियतको समस्यालाई झनै गम्भीर बनाइदिन्छ ।

१०. फ्राइ र सुख्खा खाना
सुख्खा र फ्राइ गरेका खाना पनि कब्जियतको दुश्मन हो । यसमा धेरै फ्याट र कम फाइबर हुने भएकाले कब्जियतको समस्यालाई अझै बढाइदिन्छ । अझ सुख्खा खाना खाएर पर्याप्त पानी नपिउने मानिसमा कब्जियत झनै भयानक बन्दै जान्छ र परिणाम स्वरुप शल्यक्रियाको मद्दत लिनुपर्ने हुन्छ ।

The post कब्जियतका बिरामीले भुलेर पनि खानुहुन्न यी खानेकुरा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles