एजेन्सी । राति सुत्दा घुर्ने बानीलाई कतिपय मानिसहरु समान्य ठानेर बेवास्ता गर्ने गर्छन् । यस्तो बानीले आफ्ना वरिपरिका मानिसको निद्रामा समेत असर पार्ने भएकाले पनि धेरैका लागि भने यो ठूलो समस्या हो । तनाव, गलत खानेकुरा, मदिरासेवन र कतिपय हर्मोनमा बदलाव भएपछि मानिस घुर्न थाल्छ । त्यसकारण यी पाँच योगासन अपनाउने हो भने घुर्नुबाट छुटकारा पाउनुका साथै स्वास्थ्य सम्बन्धी अन्य समस्याबाट समेत टाढा रहन सकिन्छ ।
१. अनुलोम बिलोम
दिनमा तीनदेखि पाँच पटकसम्म यो योगासन गर्ने गर्दा घुर्ने समस्याका साथै मुटुको रोग र तनावको समस्याबाट समेत टाढा रहन सकिन्छ ।
२. प्रणायम
दैनिक विहान खुल्ला स्थानमा बसेर प्राणायम गर्ने गर्दा घुर्ने समस्या कम हुँदै जान्छ । त्यसैगरी यसले रक्तचाप नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । यसका साथै मुटुको रोग र तनावबाट पनि मुक्त गराइ पाचन प्रक्रियालाई सही गराउँछ ।
३. हमिँग बी मुद्रा
दिमागलाई शान्त र बलियो बनाइराख्नुका साथै यस आसनले घुर्ने समस्या, डिप्रेसन, अनियन्त्रित रिस् र माइग्रेनको समस्याबाट समेत छुटकारा दिलाउन सक्छ ।
४. उच्चयी प्राणायम मुद्रा
कतिपय मानिसमा मोटोपनाका कारण पनि घुर्ने समस्या हुने गर्छ । त्यसकारण नियमित यो आसन गर्दा ढाड दुख्ने, घुर्ने, कम्मर दुख्ने र मोटोपना जस्ता समस्याबाट टाढा रहन सकिन्छ ।
५. सिंहासन
घुर्ने समस्याबाट चिन्तित मानिसका लागि यो सबैभन्दा प्रभावकारी आसन हो । यस आसनलाई दैनिक गर्दा पेट सम्बन्धी रोग, मोटोपना, थाइराइड, चाउरीपना र दमको रोगबाट समेत बच्न सकिन्छ ।
The post घुर्नबाट छुट्कारा पाउन गर्नुहोस् यी ५ योगासन appeared first on Sajha Post.