काठमाडौं। बढ्दो उमेरसँगै मृगौला संक्रमण हुने खतरा पनि वृद्धि हुँदै जान्छ । तर दैनिक खानपानमा केही बदलाव गरेर यी कुराहरु थप्न सकियो भने मृगौलालाई संक्रमण हुनबाट सजिलै बचाउन सकिन्छ । साथै मृगौलालाई सधैँ स्वस्थ राख्न सकिन्छ ।
१. दही
दैनिक एक कचौरा दहीको सेवन गर्ने गरेमा मृगौलामा रहेका विभिन्न ब्याक्टेरियाको सन्तुलन भइरहन्छ ।
२. पानी
दैनिक आठ देखि दश ग्लाससम्म पानी पिउने गरेमा शरीरको फोहोर र अनावश्यक पदार्थहरु सजिलै बाहिर निस्कन्छन् जसले गर्दा मृगौलामा संक्रमण हुँदैन ।
३. कागती पानी
नियमित एक गिलास कागती पानी खाने गरेमा यसमा हुने एन्टिअक्सिडेन्टले मृगौलालाई संक्रमण हुनबाट जोगाउँछ ।
४. बेकिङ सोडा
दैनिक एक गिलास पानीमा आधा चम्चा बेकिङ सोडा मिसाएर पिउने हो भने पनि मृगौलाका लागि यो निकै लाभदायक साबित हुन्छ ।
५. लसुन
दैनिक बिहान खाली पेटमा दुई वा तीन पोटी लसुन खाने गरेमा यसमा हुने एन्टिब्याक्टेरियल तत्वले मृगौलालाई सुरक्षित राख्छ ।
६. बेसार
हामीले खाने बेसारमा एन्टिब्याक्टेरियल तत्व पाइन्छ । यो तत्वले मृगौलालाई सधैँ स्वस्थ राख्न मद्दत गर्छ ।
७. अदुवा
नियमित दुई पटक अदुवालाई पानीमा उमालेर पिउने हो भने मृगौलाका लागि निकै फाइदाजनक हुन्छ ।
८. घ्यु कुमारीको जुस
दैनिक बिहान खालि पेटमा दुई चम्चा घ्यु कुमारीको जुस पिउने गरेमा मृगौलामा संक्रमण हुँदैन ।
The post मृगौलालाई यसरी बचाउँन सकिन्छ संक्रमण हुनबाट appeared first on Sajha Post.