काठमाडौँ, ३० भदौ । यूरिक एसिड हुँदा जोर्नी दुख्ने, रातो हुने, सुन्निने, छाम्दा दुख्ने र तातो हुने हुन्छ । लामो समयसम्म युरिक एसिडको स्तर बढी देखिएमा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ ।
मदिरा सेवन, मृगौलामा समस्या, मोटोपन, विभिन्न किसिमका औषधिको प्रयोग, प्रोटिनयुक्त खाना उच्च यूरिसेमियाका कारण यूरिक एसिड बढ्छ ।
यो समस्या वंशाणुगत पनि हुनसक्छ । थाइराइड र रगतको समस्याले पनि हाइपर यूरिसेमिया हुन्छ । हाइपर यूरिसेमिया भएकाले मदिरा सेवन गर्न हुँदैन ।
त्यस्तै, कलेजो, मृगौला, रातो मासु, च्याउ, माछा, जौ, गेडागुडी र प्रोटिनयुक्त खाना खान हुँदैन् ।
The post युरिक एसिड हुँदा यस्ता कुरामा ध्यान दिनुहोस् appeared first on Sajha Post.