काठमाडौं । सुन्दरता सबैले खोज्छन् । सुन्दर हुनका लागि मानिसले निकै पैसा खर्च गरेका कैयौं उदाहरण हाम्रो वरपर छन् । पैसाको साटो सामान्य घरेलु विधिबाट सजिलै सुन्दर बन्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर यो सत्य हो ।
छाला तथा कपाल फुस्रो भयो भनेर चिन्ता मान्नु भएको छ भने अव नआत्तिनुहोस् । एउटा सामान्य घरेलु विधिले तपाईंको चिन्ता हटाउँछ । यो विधिले महँगा पाउडर, क्रिम र तेलमा खर्च हुने पैसा पनि बचत हुन्छ ।
यस्तो छ सुन्दर बन्ने घरेलु उपाय
पानीमा एक कप काँचो दूध मिसाएर नहाउने हो भने सजिलै आफ्नो छाला र कपाललाई सुन्दर र स्वस्थ राख्न सकिन्छ । यदिमात्रै होइन, काँचो दूध मिसाएको पानीले नुहाउँदा रोग प्रतिरोधी क्षमता पनि बढ्छ ।
हामी सबैलाई थाहा छ, काँचो दूधमा ल्याक्टिक एसिड र भिटामिन ‘ई’ पाइन्छ । यदि काँचो दूध मिसाएको पानीले नुहाउने हो भने यी तत्व हाम्रो छालामा प्रवेश गर्छन् र छाला तथा कपाललाई फुस्रो बनाउने किटाणुलाई मार्छन् । फलस्वरुपःयसबाट हाम्रो छाला चम्किलो र सुन्दर देखिन्छ । साथै हाम्रो कपाल पनि मुलायम हुन्छ ।
तर धेरै समयसम्म राखेको दूधलाई प्रयोग गर्नु हुँदैन, ताजा काँचो दूध प्रयोग गर्नुपर्छ । धेरै समयसम्म राखेको दूधमा किटाणु हुने भएकाले यसको असर नकरात्मक हुन सक्छ ।
The post के तपाईंलाई थाहा छ, काँचो दूधको यो फाइदा ? appeared first on Sajha Post.