काठमाडौं, २७ साउन । गाँजा सेवन मानव स्वास्थ्यका लागि घातक हुने वैज्ञानिकले बताएका छन् ।
गाँजा सेवन गर्ने मानिसको उच्च रक्तचापबाट मृत्यु हुने संभावना सेवन नगर्ने मानिसको भन्दा ३ गुणा हुने वैज्ञानिकले बताएका हुन् । जर्जिया स्टेट युनिभर्सिटीका वैज्ञानिकले गरेको एक अध्ययनले यस्तो तथ्य पत्ता लगाउको हो ।
गाँजासँगै चुरोटपनि सेवन गर्ने हो भने यो संभावना अझ बढी हुने प्रमुख अनुसन्धानकर्ता बारबरा याङकीले बताइन् । ‘गाँजाले मानिसको स्नायु प्रणालीलाई संवेदनशील बनाउने गर्छ जसका कारण मुटुको धडकन बढ्ने, उच्च रक्तचाप बढ्ने र शरीरमा अक्सिजनको मात्रा कम हुने गर्छ’, उनले भने ।
यसभन्दा अघि गरिएका अध्ययनले गाँजा मानिसको स्वास्थ्यका लागि लाभदायक हुने देखाएको थियो । तर नयाँ अध्ययनले भने मानव स्नायुमा गाँजाले घातक असर पार्ने देखाएको छ । मानव स्नायुर्ला चुरोटले भन्दा गाँजाले बढी असर पार्ने उक्त अध्ययनमा उल्लेख गरिएको छ ।
The post गाँजा सेवन मानव स्वास्थ्यका लागि घातक : अनुसन्धान appeared first on Sajha Post.