Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

राम्रो केटा नपाएपछि डिम्ब खेर फाल्दै महिला

$
0
0

एजेन्सी । एउटा अमेरिकी अध्ययनले दावी गरेअनुसार विवाहका लागि राम्रो एवम् शिक्षित पुरुषको कमी हुन थालेपछि पेशागत महिलाहरुले आफ्ना डिम्ब निकालेर फ्रिज गरिरहेका छन् । आजभोलि शिक्षित महिलाहरुको सङ्ख्या बढेसँगै अहिले उनीहरुका लागि योग्य पुरुषको कमी हुन थालेको छ ।

योग्य जीवनसाथीको खोजीमा उनीहरुलाई धेरै समस्या आउन थालेपछि बढि उमेरका कारण भविष्यमा बच्चा पाउनमा कठिनाई नहोस् भनेर उनीहरुले यस्तो कदम उठाउन सुरु गरेका हुन् । अनुसन्धानकर्ताहरुका अनुसार जुन देशका धेरै भन्दा धेरै महिलाहरु युनिभर्सिटी गइरहेका छन् त्यहाँ योग्य पुरुषहरुको सङ्ख्यामा धेरै कमी आउनेछ । उनीहरुले आफ्ना डिम्ब फ्रिज गराउँदै गरेका १५० महिलाहरुसँग अन्तर्वार्ता पनि लिएका छन् ।

यिनीहरु मध्येका ९० महिलाहरुले राम्रो तथा योग्य पुरुष नपाएको बताए । लेखक तथा प्रोफेसर मार्सा इनहोनले भनिन्, ‘यस अनुसन्धानले काम गर्ने महिलाहरुले आफ्नो काममा बाधा आउने डरले बच्चा जन्माउन नचाहने भन्ने अवधारणालाई चुनौति दिइरहेको छ ।’ उनले भनिन्. ‘मीडियामा सधैँ शिक्षा र करिअरलाई प्राथमिकता दिने महिलाहरु आमा बन्न नचाहने विषयलाई केन्द्रीत गरिएको हुन्छ । तर वास्तवमा यो पूर्ण रुपमा सही होइन । साँचो कुरा यो हो कि आफ्नो प्रजनन क्षमतामा ह्रास आउने डरले यसलाई सुरक्षित राख्न एक्ला महिलाहरु जागरुक हुँदै गइरहेका छन् ।’

स्वीजरल्यान्डको जेनेभामा यूरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एन्ड एम्ब्रियोलोजी कन्फ्रेन्समा बोल्दै प्रोफेसर मार्साले भनिन् कि महिलाहरुका लागि पर्याप्त दीक्षित केटाहरु छैनन् ।

यस्ता शिक्षित एवम् दक्ष महिलाहरुले पारिवारिक जीवनप्रति प्रतिबद्धता जनाउने शिक्षित र योग्य पुरुषहरुको खोजी गर्ने गरेका छन् । तर यस्ता पुरुषहरु भेटिन निकै कठिन छ । त्यस्तै आफ्नो डिम्बा फ्रिज गराउने एक महिलाले भनिन्. ‘उनलाई यो काम गर्ने बेलमा आफूप्रति दया लागेको थियो र उनी निकै दुःखी पनि थिइन् ।’

लन्डनकी ३९ वर्षीया यी महिलालाई एक दिन जसरी भएपनि त्यस्तो योग्य पुरुष भेटिने विश्वास रहेको बताएकी छन् । उनले भनिन्, ‘मलाई त्यसबेला बच्चाको बारेमा सोच्न मन थिएन तर मेरो भविष्यको जीवनसाथीका लागि भएपनि मैले यो कदम उठाएकी थिएँ ।’ तर जो मान्छेलाई आफ्नो छोराछोरीको बाबु बनाउन उनले त्यस्तो कठोर कदम उठाएकी थिइन् त्यस्तो मानिस अझै पनि फेला नपरेपछि भने उनी अहिले धेरै चिन्तित छिन् ।

डिम्बा फ्रिज गराउने काम त्यति सजिलो भने छैन । यो एकदमै महङ्गो प्रक्रिया हो । प्रोफेसर एडम बलेनका अनुसार अहिले समाजमा ठूलो परिवर्तन आइरहेको छ जसकारण धेरैजसो शिक्षित महिलाहरुले आफ्नो पारिवारिक जीवन ढिलो सुरु गर्न थालेका छन् । तर यस प्रक्रियामा पनि एउटा बेफाइदा र अनिश्चितता रहेको छ । फ्रिज गराइने डिम्बले शत प्रतिशत बच्चा पैदा गर्न सक्छ भन्ने कुनै ग्यारेन्टी भने हुँदैन । यो प्रक्रियामा धेरै जोखिम उठाउनु पर्ने हुन्छ ।

The post राम्रो केटा नपाएपछि डिम्ब खेर फाल्दै महिला appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles