Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

महिनावारीबारे के सोच्छन् केटाहरु ? यस्तो छ एक युवकको धारणा

$
0
0

एजेन्सी । किन केटीहरुलाई हरेका महिना पेट दुख्छ ? औषधी पसलबाट उनीहरु कालो झोलामा के लिएर आउँछन् ? यस्ता प्रश्न केटाहरुबीच छलफल भइरहन्छन् । हाम्रो समाजमा महिलाहरु हरेक महिना हुने महिनावारीका बारेमा खुलेआम छलफल गरिँदैन । सबै कुरा लुकीछिपी हुने भएकाले कतिपय घरका परिवारलाई समेत केही खबर हुँदैन । त्यसैकारण घरमा आमा, दिदी/बहिनी भएतापनि कतिपय केटाहरुलाई राम्रो जानकारी हुँदैन । विशेषगरी भर्खरका १३-१४ वर्षीय केटाहरुलाई यसबारे धेरै जिज्ञासा हुने गर्छ ।

आफ्नी दिदीको पहिलो महिनावारीमा उनको भाइले सोच्छ कि दिदीलाई आजकल किन यति धेरै शौचालय जानुपर्छ ? खाना खाँदा पनि हामीभन्दा अलग बसेर खानुहुन्छ, ममीले अचारको बट्टा पनि दिदीलाई किन छुन दिनुहुन्न ? आजकल मेरी दिदीको दिमाग ठीक ठाउँमा छैन । जतिखेर पनि रिसाइरहनुहुन्छ कि सुतिरहनुहुन्छ ?

यस्ता प्रश्नले भर्खरका केटाकेटीलाई लामो समयसम्म अल्झाउँछ । कसैलाई सोधेपनि सिधा र स्पस्ट जवाफ नपाएपछि उनीहरुमा झनै बढि उत्सुकता हुन्छ । उता केटीहरुको पहिलो महिनावरीमा भने दुखाईको अत्याधिक हुन्छ । आफ्नो शरीरको आश्चर्यजनक परिवर्तन देखेर छक्क परिरहेका हुन्छन् भने कतिपयलाई यो कुरा अरुलाई भन्न पनि धेरै गाह्राे लाग्ने हुन्छ । केटाहरुका लागि यो रहस्यको कुरा भएतापनि केटीहरुको जीवनमा यसको अत्याधिक महत्व हुन्छ ।

त्यसरी नै एक जना ६ कक्षामा पढ्ने छात्रले महिनावारीका बारेमा कसरी थाहा पाए भनेर सोध्दा उनले आफ्नो कथा यसरी सुनाएका छन् ।

‘मेरो कक्षामा सबै केटाहरु यस्ता कुरामा ख्याल ठट्टा गर्ने गर्थे । कोही केटी साथी स्कुल आइन भने उसको  महिनावारी भएको होला भन्दै हाँस्थे । एकपटक मेरी एकजना मिल्ने साथी ४ दिनसम्म स्कुल आइन । त्यसपछि मैले उसलाई फोन गरेर सोध्दा उसलाई महिनावारी भएकाले पेट दुखेर आउन नसकेको उसले बताई । त्यसपछि मात्र मलाई कक्षामा किन सबै केटाहरुले त्यसरी जिस्काउँदा रहेछन् भन्ने कुरा थाहा भयो । म सोच्ने गर्थे यस्तो समस्या केटीहरुलाई मात्र हुने हो या हामीलाई पनि हुन सक्छ ? आखिर महिनावरी हुँदा के हुन्छ र किन पेट दुख्छ ?

त्यसपछि एकदिन मैले विस्परको विज्ञापन ध्यान दिएर हेरेँ । त्यसपछि बुवालाई गएर सोधेँ, ‘बुवा यो विस्पर के गर्ने हो ? यो विज्ञापनले के भन्न खोजेको हो ? मैले त केही बुझिन ?’ मेरो यो प्रश्नको उत्तर बुवाले झर्किँदै भन्नुभयो, ‘तँलाई किन चाहियो ? यो सब कुरा तँलाई चाहिने होइन आफ्नो पढाईमा ध्यान दे ।’ तर म भने साँचिक्कै उत्सुक थिएँ । मलाई जसरी पनि थाहा पाउन मन थियो । मलाई ममीलाई सोध्न आँट आएन । फेरि गाली खान्छु भन्ने डरले मैले आफ्नै कक्षाकी साथीलाई यसबारे प्रश्न गरेँ । तर उसले त शिक्षकलाई गएर मेरो कुरा लगाइदिई । शिक्षकले मलाई किन त्यस्तो प्रश्न गरेको भनेर सोध्नुभयो । मैले उनलाई त्यो विज्ञापनका बारेमा भने ।

शिक्षकले मलाई सबैकुरा भन्नुभयो तर मैले अझै राम्ररी बुझिनँ । मैले सोधेँ, ‘मलाई किन त्यस्तो हुँदैन ?’ यो प्रश्नमा उनले मलाई ठूलो भएपछि थाहा पाउँछौ अहिले यति बुझिराख भन्दै टिभी धेरै नहेर्नु भन्नुभयो ।

त्यसपछि एकदिन म भ्रमण गरिरहेका बेला एकजना अंकल मेरो छेउमा बस्नुभएको थियो । उनका साथमा उनकी छोरी पनि थिइन् । तर एकछिन पछि चिन्तित हुँदै उनकी छोरीले उनको कानमा खुसखुस गर्दै केही भनिन् । त्यसपछि उनी शौचालय गइन् र फर्केर आएपछि उनका बुवाले उनको कम्मरमा एउटा सल बेरिदिए र उनी त्यहीँ सुतिन् । त्यसपछि उनी फेरि शौचालय गइन् र फर्किएर आउँदा मैले उसको पाइन्ट पछाडि रगत लागेको देखेँ तर मैले केही भनिनँ । उनका बुवा पनि अलमल्ल परिरहेका थिए ।

त्यसपछि एकजना महिला पनि हामी नजिकैको सिटमा बस्न आइन् । केही बेरपछि मैले उनलाई सबै कुरा बताएँ । अनि उनले त्यो अङ्कल र उनकी छोरीको मद्दत गरिन् ।

The post महिनावारीबारे के सोच्छन् केटाहरु ? यस्तो छ एक युवकको धारणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles