Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

ज्वरो किन आउँछ ?

$
0
0

एजेन्सी । भाइरल नै ज्वरो देखिने मुख्य कारण हो । मन्डामिक एन्फ्लुएन्जा एचवानएनवान अर्थात स्वाइन फ्लु, हेपाटाइटिस, बर्डफ्लु, जिका, डेंगु, इबोलालगायत सबै खालका फ्लुहरुमा ज्वरो आउँछ ।

यस्तो अवस्थामा आएको ज्वरोका कारण पत्ता लगाएर उपचार गर्नुपर्दछ । भाइरसका कारण पखाला लाग्दा पनि ज्वरो आउने संभावना हुन्छ ।

ब्याक्टेरिया संक्रमणबाट हुने ज्वरोको दर उच्च छ । टिबी, टाइफाइड, ब्रोंकाइटिस, पिसाबको इन्फेक्सन, शरीरभित्र या बाहिर भएको घाउमा हुने ब्याक्टेरियल संक्रमणले पनि ज्वरो आउँछ ।  शरीरका भित्री अंगहरु जस्तै–आउँ टाइफाइडको ज्वरो,ठूलो आन्द्रा एंव मलाशय सुन्निने या घाउ हुँदा, एपेन्डिसाइटिस हुँदा, मूत्रथैलीको संक्रमण, मूत्रमार्गको संक्रमण, मिर्गौलाको संक्रमणमा पनि ज्वरो आउँछ ।

कतिपय अंगमा हुने फंगल्स संक्रमणका कारण मानिसमा ज्वरो आइरहेको हुन्छ । जस्तै–फोक्सो या महिलाको  पाठेघरमा हुने फंगल्स संक्रमणले ज्वरो आउँछ ।

प्रोटोजोअल संक्रमणका कारण मलेरिया, कालाजार भएर पनि ज्वरो आउने गर्छ ।

दीर्घरोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ज्वरोको आक्रमण बढी हुन्छ । यस्ता व्यक्तिमा भाइरस, ब्याक्टेरिया, फंगल्स प्रोटोजोहा सक्रिय हुन्छन् ।  यिनको सक्रियतासँगै ज्वरो आउने संभावना बढी हुन्छ ।

कतिपय रोगीले एन्टिबायोटिक सेवन गर्दा पनि ज्वरो आउँछ । छारेरोग तथा उच्च रक्तचापको औषधी सेवन गर्ने व्यक्तिलाई ज्वरो आउने गर्छ ।  कतिपय बालबालिकामा नियमित खोप लगाउँदा पनि ज्वरो आउन  सक्छ ।  ज्वरो आउनुको कारण पत्ता लगाएर मात्रै उपचार गर्नु बुद्धिमानी हुन्छ

The post ज्वरो किन आउँछ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles