Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

 कस्ता व्यक्तिलाई हुन्छ कलेजोको क्यान्सर ??

$
0
0

एजेन्सी । कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अङ्गमा पर्छ ।तर विश्व क्यानसर रिर्सच फन्डका अनुसार कलेजोको क्यान्सर संसारको छैटौँ सामान्य क्यान्सर मानिन्छ । यसको मतलब विश्वका छैठौँ बिरामी कलेजोको क्यान्सरबाट पीडित हुन्छन् ।

यदि कलेजोको क्यान्सरलाई पहिलो स्टजमै पहिचान गर्न सकियो भने यसको उपचार गरेर पूर्ण रुपमा ठीक हुन पनि सकिन्छ । तर कस्ता व्यक्तिलाई कलेजोको क्यान्सर हुने सम्भावना बढि छ भन्ने थाहा पाउन पनि जरुरी छ ।

हेपटाइटिसका बिरामी
हेपाटाइटिस बी र सी का कारण कलेजोमा इन्फेक्सन फैलिने हुनाले यसैका कारण कलेजोको क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।

धरै मात्रामा मदिरापान गर्ने व्यक्तिमा
धेरै मदिरा पिउने मानिसलाई लिभर सिरिओसिस नामक रोग लाग्छ । यो रोग कलेजो क्यान्सरको प्रमुख कारण बन्न सक्छ ।

मधुमेहका बिरामीलाई
मधुमेहका कारण नन अल्कोहोलिक फ्याटी लिवर डीजिजको समस्या उत्पन्न हुन थाल्छ । यसका कारण कलेजोको क्यान्सर हुने खतरा बढेर जान्छ ।

किड्नीका बिरामीलाई
किड्नी डायलिसिस गराउने बिरामीहरुलाई पनि इन्फेक्सनका कारण कलेजो क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

अत्याधिक मोटा व्याक्तिलाई
जो मानिसको शरीरमा बढि बोसो हुन्छ उसको कलेजोमा पनि बोसो जमेको हुन्छ । यसका कारण कलेजोको क्यान्सर हुने डर हुन्छ ।

त्यस्तै कलेजोको क्यान्सरका संकेतहरुका बारेमा पनि जानिराख्नुहोस् ।

१. तिव्रताका साथ तौल घटेमा
२. भोक कम लाग्नु
३. पेटको माथिल्लो भाग दुख्नु
४. जीउ असजिलो हुनु र उल्टी आउनु
५. कमजोरी र थकान महसुस हुनु
६. पेट सुन्निनु
७. छालामा पहेँलोपना आउनु र आँखा सेतो हुँदै जानु

 

The post  कस्ता व्यक्तिलाई हुन्छ कलेजोको क्यान्सर ?? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles