Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी हुन् फोक्सोलाई स्वस्थ राख्न खानै पर्ने कुराहरु

$
0
0

काठमाडौं, २० असार । भनिन्छ जीवनको सबैभन्दा मुल्यवान वस्तु भनेको नै आफ्नो स्वास्थ्य हो । जो सुकै मान्छे पनि आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । नेपालमा पनि पछिल्लो  समय फोक्सोबाट लाग्ने विभिन्न रोगहरु देखा परेका छन् । त्यसका लागि तपाईंले यी खानेकुराहरु खाँदा तपाईंको स्वास्थ्य स्वस्थ हुन्छ ।

मकै

मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

प्याज

प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो।

सुन्तला

सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ ।

सिस्नु

सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।

पिस्ता

पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्न मद्धत गर्छ ।

लसुन

लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पुर्‍याउँछ ।

भिटामन सीयुक्त खाना

सुन्तला, कागती, निबुवा,  गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।

The post यी हुन् फोक्सोलाई स्वस्थ राख्न खानै पर्ने कुराहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles