Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

धुम्रपान गरेको १५ सेकेण्डबाटै सुरु हुन्छ यसको असर

$
0
0

एजेन्सी । एक अध्ययनका अनुसार  धुम्रपान गरेको केही समयमा नै त्यसको असर सुरु हुने बताएको छ । चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रसायन हुन्छन् ।

धुम्रपान गरेको १५ सकेण्डमा नै त्यसको असर हुने हुने अध्ययनले देखाएको छ । निकोटिनले १५ सेकेण्डमा मस्तिष्कमा असर सुरु गर्छ ।निकोटिनले नशामा ‘ब्लड कल्वस’हरू बन्दै जान्छ । ती कल्वस सर्दै मस्तिष्क वा मुटुमा जान सक्छ । जसले मानिसको अचानक मृत्यु हुने सम्भावना बढेर जान्छ ।

धुम्रपान गर्नेलाई मात्र नभएर वरिपरी बस्नेलाई समेत त्यसले असर गर्छ । जसलाई ‘सेकेण्ड ह्याण्ड स्मोकिङ’ भन्ने गरिन्छ । यसबाट पनि बर्षेनी कयौं मानिसहरुको ज्यान जाने गरेको छ ।

चुरोट सेवन नगर्नेलाई भन्दा सेवन गर्नेलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना हुन्छ । यसैगरी, धुम्रपान सेवन गर्नेलाई १० वर्ष पहिला नै हृदयघात हुन सक्छ ।

-एजेन्सीहरुको सहयोगमा

 

 

The post धुम्रपान गरेको १५ सेकेण्डबाटै सुरु हुन्छ यसको असर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles