सबैको घरमा भिक्सको एक डब्बा हुने गर्छ । रुघाखोकी निको पार्न निकै असरदार भएकाले दैनिक जीवनमा भिक्स धेरै उपयोगी छ । विशेषगरी छालाका लागि भिक्स निकै प्रभावकारी सावित हुन सक्छ । धेरै मानिसहरुलाई थाहा नभएपनि भिक्सले रुघाखोकीबाहेका अन्य समस्याबाट पनि सजिलै राहत दिलाउन सक्छ ।
पिम्पल्स कम गराउन दिनमा दुईदेखि तीन पटकसम्म पिम्पलमा भिक्स लगाउने गर्यो भने पिम्पल धेरै कम हुन सक्छ । तर, सेन्सेटिभ छाला भएकाका लागि भने यो तरिका राम्रो नहुन पनि सक्छ । सानो र हल्का पिम्पलका लागि भने यस्तो तरिका निकै प्रभावकारी हुन्छ ।
हातखुट्टा फुटेकोबाट राहत
केहि हप्ताका लागि दैनिक भिक्स लगाउने अनि मोजा लगाएर सुत्ने हो भने यसले तपाईको फुटेको हातखुट्टा छिट्टै निको पार्न सक्छ । अझ त्यसमा गिल्सिरिन मिसाएर लगायो भने छाला नरम हुन्छ ।
दाग हटाउन
छालाको दागहरु हटाउन पनि भिक्स निकै फाइदाजनक मानिन्छ । त्यसका लागि भिक्समा थोरै नुन मिसाएर लगाउँदा दागहरु कम हुँदै जान्छन् ।
पेटको फ्याट कम गराउन
तपाईको पेटको फ्याट कम गराउन पनि भिक्स निकै महत्वपूर्ण हुन सक्छ । भिक्समा एल्कोहोल, कर्नफ्लोर र बेकिङ पाउडर मिसाएर पेस्ट बनाएर लगाउने अनि एउटा कपडाले पेटलाई कसेर बाधेर सुत्ने ग¥यो भने यसले तपाईको पेटको फ्याटलाई कम गराउन मद्दत गर्छ । दैनिक यो प्रक्रिया अपनाउनु भयो भने पक्कै पनि तपाईले राम्रो परिणाम पाउनुहुनेछ ।
नङको फङ्गस नष्ट गर्न
तपाईको नङमा फङ्गसको समस्या भएमा नङ काटेको केही समयसम्म औँलाहरुमा भिक्स लगाइराख्यो भने यसले त्यस्तो समस्याबाट मुक्त गराउन मद्दत गर्छ ।
The post रुघाखोकी मात्र होइन भिक्सले मुक्त गराउँछ धेरै समस्याहरुबाट appeared first on Sajha Post.