यदि तपाईं आफ्नो शरीरको ख्याल राख्ने कुरामा धेरै विचार पुर्याउनु हुन्छ भने तपाईहरु अवस्य ग्रीन टी पिउने गर्नुहुन्छ होला । तर के तपाई ग्रीन टी सहि तरिकाले पिउँदै हुनुहुन्छ ? ग्रीन टीले हाम्रो शरीर एवम् स्वास्थ्यमा वास्तविक प्रभाव पार्नका लागि यसको सहि तरिकाले सेवन गर्न अत्याधिक जरुरी छ ।
विशेषगरी तौल नियन्त्रण गर्नेहरुका लागि ग्रीन टीको महत्व अधिक छ । यसका साथै छालाको गुणस्तरमा सुधार ल्याउन, मेटाबोलिजम बढाउन, लामो समयसम्म सक्रिय र एक्टिभ राख्न पनि यसले धेरै मद्दत गर्छ । तर यसको मतलब हामीले एकपछि अर्को कप ग्रीन टी पिइरहनुपर्ने भने होइन् । यसका फाइदाहरु पाउनका लागि यसलाई उचित समयमा उचित तरिकाले सेवन गर्नुपर्छ । पछिल्लो केहि वर्षदेखि ग्रीन टीप्रति मानिसहरुको मोह बढिरहेकाले आज हामी तपाईहरुलाई ग्रीन टी लाई अझ प्रभावकारी बनाउन यसलाई पिउने सहि तरिका बताउन जादैछौँ ।
मानिसहरुले गर्ने केहि सामान्य गल्तीका कारण ग्रीनटीको असरमा कमी आउन सक्छ । सबैभन्दा पहिले हामीले ग्रीन टी पिउने सहि समयबारे थाहा पाउनुपर्छ नत्र यो हानिकारक पनि सावित हुन सक्छ । ग्रीन टी मा टेनिन्स र कैफिन पाइन्छन् जसले ग्यास्ट्रिक जुसलाई डाइलिउट गरेर पेटलाई हानि पुर्याउन सक्छ । यसलाई अधिक मात्रामा सेवन गर्यो भने रिङ्गाटा लाग्ने, उल्टी आउने जस्ता समस्या देखा पर्छन् । त्यसकारण ग्रीन टीको अधिक फाइदा पाउनका लागि यसलाई सहि समय र सहि मात्रामा सेवन गर्नुपर्छ ।
ग्रीन टी बनाउँदा केही कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । ग्रीन टीको पातलाई सिधै पानीमा उमाल्दा उक्त चियाका फाइदाकारक तत्वहरु नष्ट हुने डर हुने भएकाले पानीमा पत्ता नहालिकनै उमाल्नुपर्छ । त्यसपछि हामीले पानीलाई १० मिनेट सम्म सेलाउन दिनुपर्छ । अब भने पानीलाई ग्रीन टीको पात भएको कपमा बिस्तारै हाल्नुपर्छ र त्यसलाई सेवन गर्नु अघि कम से कम ३ मिनेटसम्म पातलाई भिजाइराख्नुपर्छ । आफ्नो स्वादका अनुसार कडा बनाएर त्यसपछि मात्र मनतातो ग्रीन टी पिउँदा राम्रो हुन्छ ।
त्यस्तै यदि तपाई तौल नियन्त्रणका लागि ग्रीन टी पिउँदै हुनुहुन्छ भने तपाईले ग्रीन टी आफ्नो खानासँगै पिएको राम्रो हुन्छ । तर हामीले खाली पेटमा र बिहानको समयमा भने यसलाई पिउनु हुँदैन । त्यस्तै सुत्नु अघि पिउने बानी भएकाले भने सुत्नुभन्दा १ घन्टा अगाडि मात्र पिउनुपर्छ । यसले तपाईको तौल नियन्त्रणमा पनि मद्दत पुर्याउछ । विभिन्न स्वास्थ्य विज्ञहरुले भने ग्रीन टीको प्रभावशाली असर पाउनका लागि खानाहरुका बीचमा खानुपर्ने बताउँछन् । खाजा र खानाका बीच दिउँसकोको समयमा पिएको सबैभन्दा राम्रो मानिन्छ ।
The post तौल घटाउन यसरी पिउनुहोस् ग्रीन टी appeared first on Sajha Post.