एजेन्सी । आजका दिनमा धेरै पुरुषहरुमा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । अनुसन्धानहरुले देखाएअनुसार पुरुषहरुमा ३० वर्ष पुगेपछि यो समस्या अधिक देखा पर्ने हुन्छ । यसको सबैभन्दा ठूलो कारण पुरुषहरुमा हुने एस्ट्रोजेनेटीक एलोपिका हो जसले पुरुषहरुमा हुने डिहाइड्रोटेस्टोस्टेरोन को सन्तुलन बिगार्छ र उनीहरुको टाउकोको एउटा भागबाट अत्याधिक कपाल झर्न सुरु हुन्छ । तर यो मात्र एक्लो कारण नभइ यसलाई प्रभाव पार्ने अन्य विभिन्न कुराहरु छन् ।
१. कतिपय पुरुषहरु सानै उमेरदेखि चुरोट तान्ने गर्छन् । यसका कारणले रगतनली सिकुटिने हुन्छ र शरीरमा अक्सिजनको कमी हुन थाल्छ । यो पनि कपाल झर्ने एउटा प्रमुख कारण हो ।
२. धरैजस्तो पुरुषहरु खाने कुरामा ध्यान दिँदैनन् । उनीहरु जे सजिलो त्यही खान्छन् । विशेषगरी फाष्टफुड खाने बानी स्वास्थ्यका लागि राम्रो होइन् । यसैकारण खानपिन राम्रो नहुनाले उनीहरुका शरीरमा आइरन प्रोटीन क्याल्सियम जस्ता महत्वपूर्ण तत्वहरुको कमी हुन थाल्दछ र यसले पनि कपाल झर्ने समस्या देखा पार्छ ।
३. ताक्लु हुनु कसैकसैको वंशज गुण पनि हुन्छ । यदि परिवारको कुनै सदस्यको सानैदेखि कपाल झर्ने समस्या थियो भने यसका कारण पनि तपाईमा पनि तालु खुइलिने समस्या हुन सक्छ ।
४. धेरैजस्तो पुरुषहरु कम उमेरमै मदिरा सेवन गर्ने हुनाले यसले शरीरमा टक्सिन्सहरु बढाउने गर्छ । यसका साथै आइरन, जिंक र पानीको कमी हुने हुन्छ । यसका कारण पनि कपाल झर्ने गर्छ ।
५. धेरै पुरुषहरुको आफ्नो समस्या अरुलाई नभन्ने बानी हुन्छ । उनीहरु सबै कुरा एक्लै सहेर बस्छन् जसका कारण उनीहरुलाई तनाव हुने गर्छ । यसले शरीरमा हर्मोन्सको सन्तुलन बिगार्छ जसले कपाल झर्ने समस्या उत्पन्न गराउँछ ।
६. केटाहरुले प्रयोग गर्ने हेयर जेल, कलर, स्याम्फु, कन्डिस्नरहरुमा अत्याधिक केमिकल हुन्छन् । यिनीहरुको अधिक प्रयोगका कारण साइड इफेक्टका रुपमा उनीहरुको कपाल झर्न थाल्छ ।
७. हर्मोनल समस्याका कारण पनि कतिपय पुरुषहरुको कपाल छिटै झर्ने हुन्छ । एन्ट्रोजेनेटिक एलोपिकाले शरीरको डिएचटी हर्मोनको सन्तुलन बिगारेपछि यस्तो समस्या निम्तिने डर हुन्छ ।
८. औषधीको गलत प्रभाव परेर पनि कतिपय पुरुषको कपाल झर्ने हुन्छ । युरिक एसिड, हृदय रोग, ब्लड प्रेसर, थाइराइड जस्ता रोगहरुका औषधी निकै कडा हुन्छन् । त्यसैले यिनीहरुको असर सिधै तपाईको कपालमा पर्न जान्छ ।
The post किन खुइलिन्छ पुरुषको तालु ? यस्तो छ कारण appeared first on Sajha Post.