Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

हत्केलामा पसिना आउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्

$
0
0

एजेन्सी । कतिपय मानिसहरुको हातबाट धेरै पसिना आउने गर्छ । यो धेरैले कारणले हुनसक्छ । डिप्रशेन, ब्लड प्रेशर, हाइपरहाइड्रोसिसका कारण पनि यस्तो हुनसक्छ । हातमा पसिना धेरै आउने समस्याका कारण मानिसहरुलाई सहज वातावरण कहिलेकाही नबन पनि सक्छ । कतिपय अवस्थामा लाज हुने अवस्था समेतको सामना गर्नुपर्ने हुन्छ ।

गर्मीमा हत्केलामा पसिना आउनु सामान्य रुपमा लिने गरिन्छ । तर, यो समस्याले विभिन्न काममा उल्झन पैदा समेत गर्छ । यस समस्याबाट छुट्कारा पाउने केही घरेलु उपायहरु रहेका छन् । आउनुहोस् यसबारे जानौ ।

काचो आलु

हत्केलामा पसिना आउने समस्या कम गर्न काचो आलुले सहयोग गर्छ । आलुलाई टुक्रा टुक्रा पार्नुहोस् र हातमा दल्नुहोस् । यसो गर्नाले हातमा पसिना आउन कम हुन्छ ।

बेकिङ सोडा

यदी तपाई हातमा आउने पसिनाबाट घण्टौसम्म छुट्कारा पाउन खोज्नु भएको छ तातो पानीमा बेकिङ सोडा मिलाउनुहोस् । त्यसपछि त्यस पानीमा हात डुबाएर राख्नुहोस् । यसो गर्नाले पसिना घण्टौ सम्म आउँदैन ।

 

टलकम पाउडर

यदी तपाईको हातमा पसिना आइरहने समस्या छ भने टलकम पाउण्डर लगाउनुहोस् । यसले तपाईको हातमा आएको पसिना सोस्ने काम गर्छ । जसका कारण तपाईको हातमा पसिनाले समस्या दिनेछैन । यो पाउडर तपाईले सजिलै बोक्न पनि सक्नुहुन्छ ।

तेज पत्ता

तेज पत्ताको प्रयोग गर्न पनि सकिन्छ । यसलाई पानीमा उमाल्नुहोस् । राम्रोसँग पानीमा उम्लिएपछि यसलाई हातमा लगानुहोस् । यसले तपाईलाई आराम दिनेछ ।

 

The post हत्केलामा पसिना आउने समस्याबाट यसरी छुटकारा पाउनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles