एजेन्सी । केही यस्ता राष्ट्रहरु छन् जहाँ सरकार बढ्दो जनसंख्यालाई रोक्न धेरै नीति तथा कार्यक्रमहरु ल्याउने गर्छन् । तर, कतिपय राष्ट्रमा जनसख्या कम हुँदै गएपछि सरकार विवाह गर्न र बच्चा पाउन विभिन्न अफर जनतालाई दिने गरेको छ ।
विवाह र सेक्सका लागि सरकारले पैसा बाढ्ने नीति लिएको छ । देशको जनसंख्यामा निकै कमी आएपछि र जनताहरु सेक्स र विवाहप्रति चासो देखाउन छाडेपछि सरकार यस्तो निर्णय लिन बाध्य भएको हो ।
जापानका धेरै जनताहरु काममा व्यस्त रहने गर्छन् । तर, अब सरकारले जनतालाई विवाह गर्न र सेक्स गर्न आवाह्न गरेको छ । यो देशका धेरै मानिसहरु सेक्सप्रति रुची देखाउन छाडेका छन् । विवाहितहरुको संख्या पनि अत्यन्त न्युन रहेको छ । यो परिस्थितिलाई परिवर्तन गर्न हाल जापान सरकार लागिपरेको छ ।
जापानमा बुढेसकाल लागेकाहरुको मानिसहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विश्वमा सबैभन्दा धेरै बुढा मानिसहरु भएको राष्ट्र पनि जापान नै पर्छ ।
यो पिढीले विवाह नगरेकै कारण बच्चाहरु नभएका हुन् ।
सरकारले बच्चा पाउन तथा विवाहका लागि पैसा समेत दिने नीति लिएको छ । तर कामका कारण परिवार बनाउने फुर्सद जापानी जनताहरुसँग रहेको छैन ।
जापानमा १८ देखि ३४ वर्षसम्मका अविवाहित पुरुषहरु ७० प्रतिशतको हाराहारिमा रहेका छन् । ६० प्रतिशत अविवाहित महिलालाई सेक्समा रुची नै छैन । त्यतिबेला चिन्ताजनक अवस्था झन् थपियो जब ४२ प्रतिशत पुरुष र ४४।२ प्रतिशत महिलाले आफु भर्जिन रहेको बताए ।
The post सरकारले नै गर्यो विवाह र सेक्सको अपिल appeared first on Sajha Post.