Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अनिवार्य मास्क लगाउन सांसदहरुलाई सभामुखको निर्देशन

$
0
0

काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरूलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई रुलिङ गरेका हुन् ।

कोरोना भाईरसको बढ्दो संक्रमणप्रति सचेतता अपनाउन उनले सबै सांसदलाई आग्रह गरे ।

‘कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्यका मापदण्ड अपनाउन ध्यानाकर्षण गराउँछु । माननीय सदस्यज्यूहरूलाई मास्क लगाउन आग्रह गर्दछु’, सभामुख सापकोटाले भने ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles