Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनैपर्ने मुख्य चार कुरा

$
0
0

काठमाडौं । हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौन सम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् ।

पहिलो यौन सम्पर्कको पल सबैका लागि सम्झनायोग्य हुन्छ । सबैले यसलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण त्यस्तो नहुन पनि सक्छ । सानो गल्तीले जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्पर्क गर्दा केही कुरामा ध्यान दिनु आवस्यक छ ।

कन्डम प्रयोग गर्नु

विशेषगरी नवविवाहित दम्पती पहिलो यौन सम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन् ।  अधिकांश जोडीले जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसका कारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई अप्ठेरो पर्न सक्छ । प्रायः नवविवाहित पहिलो यौन सम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाँही एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ ।

नक्कलदेखि सावधान

इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र विभिन्न साइटको बिगबिगी छ । अचेलका युवायुवतीले स्कुल–कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौन सम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको बेला आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौन सम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । यसप्रति ध्यान दिनु जरुरी छ ।

हतार नगर्नु

अधिकांश युवक पहिलोपटक यौन सम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानि हुन्छ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञ भन्छन् कि पुरुषको दाँजोमा महिलालाई उत्तेजनामा आउन बढी समय लाग्छ । सम्पर्क गर्नुअघि पुरुषले फोर–प्ले (पाक्क्रिडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, शरीरका संवेदनशील अंगमा स्पर्श गर्नेलगायतका यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौन सम्पर्क सुरु गर्नु बेस हुन्छ ।

पत्नीको भावना बुझ्नु

कतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन पनि चाहँदैनन् । जसका कारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौन सम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहुँदैन । त्यसका लागि पत्नीसँग सरसल्लाह गरेर अघि बढ्नुपर्छ । पति–पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौन सम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ ।

एजेन्सीको सहयोगमा


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles