Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

$
0
0

काठमाडौं, १० असोज  । नेपालमा  पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आइतबार दिएको जानकारी अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५  हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी कूल ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको  जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर   १९ हजार १४२ जना सक्रिय संक्रमित रहेकोमा  १७ हजार ८१३ जना होम आइसोलेसनमा,  १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा, ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

The post थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles