काठमाडौं । भोजनमा मासुको मात्रा कति हुन्छ वा मासु खानु हुन्छ कि हुँदैन भन्ने कुराले तपाईको स्वास्थ्यलाई निर्धारण गर्दछ । मासु खाइरहेका कुनै पनि मानिसले एक्कासी मासु खान छोडिदिने हो भने तत्कालै ५ वटा फाइदा हुन्छन् । ती फाइदा यस्ता छन् :
शरीरको तौल घट्दछ
आफ्नो भोजनबाट तत्काल मासु हटाएर शाकाहारी बन्दा मानिसका शरीरमा कति तौल घट्दछ भनेर जर्ज वासिङ्टन विश्वविद्यालयले एउटा अध्ययन गरेको थियो । औसतमा १० पाउण्डसम्म तौल घट्ने कुरा उक्त अध्ययन पछि पत्ता लाग्यो । ‘मासु खान छोडेपछि व्यायाम नगरीकनै वा क्यालोरीको मात्रा कम नगर्दा पनि शरीरको तौल घट्दछ’, विश्वविद्यालयका प्रोफेसर निल बार्नाडले बताए ।
पेटमा भएका व्याक्टेरिया फेरिन्छन्
खाएको खाना पचाउनका लागि हाम्रो पेटमा विभिन्न जिवाणु हुन्छन् । तपाईले उपभोग गर्ने खाना अनुसार नै त्यस्ता व्याक्टेरिया वा जिवाणुको विकास हुने गर्दछन् । सन् २०१४ मा गरिएको एउटा अध्ययनले मासु खाने मानिस र मासु नखाने मानिसको पेटमा हुने व्याक्टेरियाको स्वरुपमा निकै फरक देखाएको थियो । न्युयोर्कको सिटी युनिभर्सिटीका अनुसन्धानकर्ताले पूर्ण शाकाहारी मानिसको पेटमा शरीरलाई रोगबाट बचाउँने व्याक्टेरिया अधिक हुने कुरा पत्ता लगाएका थिए ।
क्यान्सर हुने जोखिम कम हुन्छ
विश्व स्वास्थ्य संगठनद्धारा हालै प्रकाशित एउटा रिपोर्टले प्रशोधित तथा पोलेको मासु चुरोट तथा गामा विकीरण जत्तिकै खतरनाक हुने देखाएको छ । यसबाहेक रातो मासुमा पनि क्यान्सरको कारक बन्ने विभिन्न तत्व हुने बताइएको छ । प्रत्येक दिन ५० ग्राम प्रशोधित मासु वा पोलेको मासु खानाले पेटको क्यान्सर हुने खतरा १८ प्रतिशतले बढ्दछ । त्यसकारण मासु खान छोड्ना साथ क्यान्सरको जोखिम पनि कम हुन्छ ।
मुटुसम्बन्धी रोगको जोखिम पनि कम हुन्छ
वैज्ञानिकले रातो मासु र मुटु रोगबीच सम्बन्ध रहेको बताएका छन् । अमेरिकामा गरिएको एउटा अध्ययनले मासुमा हुने कार्निटाइन नामको तत्वले आन्द्रामा भएका माइक्रोवबीच हुने प्रतिक्रियालाई तीव्र बनाउँछ । यस प्रकारको प्रतिक्रियाका कारण मुटुसम्बन्धी रोग बढाउने गर्दछ । मासु उपभोगका कारण मुटुरोग बढिरहेको अनुसन्धानले बताएको छ । यदि तपाईले मुटु रोगको जोखिमलाई कम गर्न चाहनुहुन्छ भने आजैबाट शाकाहारी बन्नुहोस् ।
तपाईलाई पोषण तत्वको अभाव हुन्छ
यदि मासुजन्य पदार्थबिना नै हरेक शाकाहारी मानिसले सन्तुलित भोजन खाने हो भने हाम्रो शरीरलाई चाहिने सबै पोषण तत्व उपलब्ध हुन्छ । मासुबिना नै सबै पोषण तत्व पाउन अलि कठिन भने हुन सक्दछ । मासुको अभावमा हाम्रो शरीरलाई आवश्यक पर्ने फलाम, भिटामिन ‘डि’ तथा भिटामिन ‘बि१२’ प्राप्त गर्न च्याउ, गेडागुडी तथा दुधको उपभोगलाई बढाउनु पर्ने हुन्छ ।
हेर्नुहोस् भिडियो
The post शाकाहारी बनेपछि तपाईको शरीरमा हुन्छन् यी ५ परिवर्तन (भिडियोसहित) appeared first on Sajha Post.