हाँसेर जीवन चल्दैन । हाम्रो समाजमा दुःख पर्दा मात्र रोइन्छ भन्ने मान्यता छ । तर आँसु सुखमा पनि बग्छ । अनि रुने कुरासँग धेरै फाइदाका कुराहरु पनि जोडिएका हुन्छन् ।
मेडिकल युनिभर्सिटी अफ ओहाइयोले गरेको एक अध्ययनले मानिसले रुँदा धेरै फाइदा हुने पत्ता लागेको छ । अनुसन्धानकर्ताले बताए अनुसार यी हुन रुँदाका फाइदाहरुः
- रुँदा आँखाको शक्ति बढ्छ । जब आँसु आउँछ तब आँखाको नानी चिसो हुन्छ । यसले गर्दा आँखामा लचकता उत्पन्न हुन्छ र आँखाको शक्ति बढ्दछ । अनि आँखाको चमक पनि बढ्छ ।
- आँसुमा लिसोजाइमक नामको तरल पदार्थ हुन्छ जसले किटाणु हटाउँछ । यसले आँखामा भएका व्याक्टेरियाहरु ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म हटाउँछ ।
- रुँदा विषाक्त पदार्थ बाहिर निस्कन्छ । जब मानिस दुःखमा हुन्छ तब शरीरमा विषाक्त पदार्थ पैदा हुन्छन् । अनि मानिस रुन्छ, आँसु सँगै त्यस्ता विषाक्त पदार्थ बाहिर निस्कन्छ । त्यसैले रोएपछि मानिसले हल्का महसुस गर्दछ ।
- रुँदा सोंच राम्रो हुन्छ । हाम्रो शरीरमा म्यान्निज बढी हुँदा थकाइ, रीस, हडबडाहटजस्ता समस्या देखा पर्दछन् । तर रुँदा शरीरमा म्याग्निजको मात्रा कम हुन्छ जसले गर्दा राम्रो सोंच आउँछ । र, मानिसले स्फूर्तिको महसुस गर्दछ ।
- रुनु भनेको तनाव कम गर्ने उपाए पनि हो । तनाव हुँदा शरीरमा एन्डोफिर्न, ल्युकाइन– एन्काफालिन तथा प्रोल्याक्टिनजस्ता तत्व बढ्न जान्छन् । तर रुँदा त्यस्ता तत्व घट्ने भएकोले तनाव कम हुन्छ ।
- एजेन्सीको सहयोगमा
The post कतिको रुनुहुन्छ ? यसकारण रुनु पनि पर्दोरहेछ ! appeared first on Sajha Post.