काठमाडौं, १ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार सो अवधिमा १९२९ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना रहेको छ ।
The post कोरोना अपडेट : ३ हजार २७४ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु appeared first on Sajha Post.