काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।
१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
यस्तै सो अवधिमा कोरोनाकै कारण ३५ जनाको मृत्यु भएको छ । थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
The post कोरोना अपडेट : ३,४५१ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु appeared first on Sajha Post.