Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

ह्वात्तै बढे कोरोना संक्रमित, २५ जनाको मृत्यु

$
0
0

काठमाडाैं, ११ साउन । नेपालमा सोमबार थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २४० पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ९१ र ५ हजार ३२ एन्टीजेन परिक्षणका क्रममा १ हजार ३० जनामा कोरोना पुष्टि भएको हो  ।

सोमबार थपिएका संक्रमित आइतबारको तुलनामा ११८४ जना बढि हो । आइतबार  २२३७ जना संक्रमित थपिएका थिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार ९०८ पुगेको छ । त्यस्तै थप २५ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ७ सय ३८ पुगेको छ । त्यस्तै १ हजार ६ सय ८६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ४५ हजार ३०१ जनाले कोरोना जितेका छन् ।

हालसम्म नेपालमा ३५ लाख ५१ हजार ३२३ वटा पिसिआर र २ लाख ९४ हजार ७६१ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

The post ह्वात्तै बढे कोरोना संक्रमित, २५ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles