Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना सङ्क्रमण

$
0
0

विराटनगर, ९ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

एक हजार ६६१ को पिसिआर परीक्षणमा ३३८ र दुई हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा चार, उदयपुरमा तीन, पाँचथरमा दुई, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३०७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७३ हजार २४३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र छ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अवैध रकमसहित दुई पक्राउ

अवैध भारतीय रुपैयाँसहित भारत उत्तर प्रदेश लखनउ निवासी ३४ वर्षीय अतुलकमार र ३५ वर्षाीय सन्दीप सिंहलाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट पक्राउ गरेको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट दुई लाख आठ हजार ५०० भारतीय रुपैयाँ र दुई हजार २०० अमेरिकन डलर बरामद भएको बताइएको छ । आवश्यक कानूनी कारवाहीका लागि दुबै जनालाई आजै राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।

The post प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना सङ्क्रमण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles