काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षणमा उक्त संख्याका संक्रमित थपिएका हुन् ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४१५ जना संक्रमणमुक्त भएका छन् ।
उक्त अवधिमा ३० जनाको मृत्यु भएको उनले जानकारी दिए । यससँगे देशभर मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।
बुधबार काठमाडाैं उपत्यकामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
The post बुधबार थपिए २ हजार ८३८ कोरोना संक्रमित, ३० जनाको मृत्यु appeared first on Sajha Post.