काठमाडौं, ३० असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना रहेका छन् ।
यस्तै बुधबार कोरोना संक्रमणबाट देशभर २९०५ जना संक्रमित थपिएका छन् भने १६०६ जना संक्रमणमुक्त भएका छन्।
यस्तै कोरोनाकै कारण बुधबार १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ
The post उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sajha Post.