Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेट : १९२० जनामा संक्रमण, ३००७ जना संक्रमणमुक्त

$
0
0

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप १९२० जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको प्रेस ब्रफिङमा दिएको जानकारी  अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४२४ जना रहेका छन् । जसमध्ये काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।  संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

The post कोरोना अपडेट : १९२० जनामा संक्रमण, ३००७ जना संक्रमणमुक्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles