काठमाडौं, २४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ५७० जना निको भएका छन् । थप १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।
हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् ।
नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ ।
The post कोरोना अपडेट : ५१५३ जना संक्रमित थपिँदा, ६५ सय भन्दा बढी निको appeared first on Sajha Post.