Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

महामारीको ओझेलमा अन्य रोग: कोरोनाभन्दा मुटु रोगबाट ज्यान गुमाउनेको संख्या धेरै

$
0
0

काठमाडौं, २१ जेष्ठ । सबैतिर महामारीको रुपमा फैलिएको कोभिड-१९ बाट हालसम्म विश्वभर  ३७ लाख १७ हजार ४३० जनाको मृत्यु भएको छ । अमेरिका, ब्राजिल र भारत लगायतका मुलुकमा संक्रमित हुने र ज्यान गुमाउनेको संख्या उच्च देखिन्छ ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । त्यहाँ महामारी सुरु भएयता हालसम्म ६ लाख ११ हजार ६११ जनाले ज्यान गुमाएका छन् । ब्राजिल दोस्रो स्थानमा छ । हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट ४ लाख ६९ हजार ७८४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ । भारतमा हालसम्म ३ लाख ४० हजार ७१९ जनाले कोभिडबाट ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्याङ्कले देखाउँछ ।

कोभिड-१९ संक्रमणको व्याकपता र यसबाट उत्पन्न बहुआयामिक संकटका कारण अरु रोगको चर्चा हराउँदै गएको छ । महामारीले हृदयघात, मस्तिष्कघात र क्यान्सर लगायतका घातक रोगलाई ओझेलमा पारेको देखिन्छ । सन् २०१९ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको प्रतिवेदनमा मुटसम्बन्धी रोग (heart disease) र मस्तिष्कघात (stroke) लाई मृत्युको प्रमुख दुई कारण भनेर उल्लेख गरिएको छ । एचआईभी एड्स, क्षयरोग, अल्जाइमर, हैजा लगायतका रोगलाई अन्य कारणको रुपमा उल्लेख गरिएको छ ।

डब्लुएचओको उक्त प्रतिवेदनमा कोभिड-१९ महामारीसम्बन्धी तथ्याङ्क समावेश गरिएको छैन किनभने महामारी सुरु हुनुपूर्व नै सो प्रतिवेदन तयार गरिएको थियो । प्रतिवेदन अनुसार सन् २०१९ मा मुटुसम्बन्धी रोगबाट ८९ लाख मानिसको ज्यान गएको थियो । फोक्सोको क्यान्सर लगायतका अन्य रोगबाट ज्यान गुमाउनेको संख्या समेत धैरै थियो ।

विश्वका अधिकांश मुलुकमा हरेक वर्ष हृदयघात, मस्तिष्कघात एवं क्यान्सरबाट ज्यान गुमाउने संख्या कोरोना भाइरसको भन्दा निकै उच्च छ । उदाहरणका लागि अमेरिकालाई लिन सकिन्छ ।

यही  मार्च महिनाको दोस्रो हप्तासम्म अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या ५ लाख २८ हजार ६०३ (गत वर्ष वा महामारी सुरु भएयताको अवधि) पुगेको थियो । जब सोही अवधिमा मुटुसम्बन्धी रोगबाट ज्यान गुमाउको संख्या साढे ६ लाखभन्दा बढी र क्यान्सरबाट ज्यान गुमाउनेको संख्या ६ लाख वरपर थियो ।

एक पटक भारतको तथ्याङ्क हेरौं  । कोरोना भाइरसको दोस्रो सुरु भएपछि भारतमा मृतकको संख्या पनि ह्वात्तै बढेको छ । दोस्रो लहरको दुईहप्ताभित्रै अर्थात् अप्रिलतिर कोरोना भाइरस मृत्युको प्रमुख दोस्रो कारण बन्न पुगेको थियो । अप्रिलसम्ममा मुटुसम्बन्धी रोग ischemic heart disease बाट ज्यान गुमाउने भारतीयको संख्या सबैभन्दा धेरै थियो । तर हाल कोभिड-१९ मृत्युको प्रमुख कारण बन्न पुगेको छ। त्यतिबेला कोरोना मृतकको संख्या ह्वात्तै बढेकाले यस्तो भएको हो ।

समग्रमा हेर्ने हो भने विश्वभरको तथ्याङ्कले कोरोना भाइरसबाट भन्दा मुटु रोगबाट ज्यान गुमाउनेको संख्या धेरै देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष कार्डियोभास्कुलरसम्बन्धी समस्याबाट १ करोड ७९ लाख मानिसले ज्यान गुमाउँछन् । यसरी ज्यान गुमाउने ५ जनामध्ये ४ जनाको हृदयघात तथा मस्तिष्कघातबाट ज्यान जाने गरेको पाइन्छ ।

नेपालमा समेत मुटसम्बन्धी रोग, क्यान्सरबाट ज्यान गुमाउनेको संख्या अन्य रोगबाट ज्यान गुमाउनेको भन्दा बढी छ । कोभिड महामारी सुरु भएयता नेपालमा ७ हजार ६३० जनाको मृत्यु भएको छ ।  तर महामारी पूर्व अर्थात् २०१८ मा डब्लुएचओले सार्वजनिक गरेको तथ्याङ्कमा coronary heart disease बाट मात्रै ३४ हजार १६७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । जुन सख्या कुल मृत्युदरको २०.५३ प्रतिशत हो । यसबाहेक, मस्तिष्कघात, फोक्सोको क्यान्सर जस्ता रोगबाट ज्यान गुमाउनेको संख्या कोरोनाबाट ज्यान गुमाउनेको संख्याभन्दा बढी छ ।

The post महामारीको ओझेलमा अन्य रोग: कोरोनाभन्दा मुटु रोगबाट ज्यान गुमाउनेको संख्या धेरै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles