Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भारतीय नयाँ भाइरसको नाम ‘डेल्टा भेरिएन्ट’

$
0
0

जेनेभा, १९ जेठ । भारतमा देखिएर संसारभरी फैलिइरहेको कोभिड-१९ को नयाँ भाइरसले नाम पाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने भेरिएन्टलाई डेल्टा भेरिएन्टका रुपमा पहिचान गराएको हो ।

भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए । उता भारतले भने सामाजिक सञ्जालबाट भारतीय भेरिएन्ट नाम हटाउन सामाजिक सञ्जालहरुलाई निर्देशन दिएको थियो भने यस्तो नाम प्रयोग गरिएकोमा आपत्ति जनाउँदै आएको थियो ।

संगठनले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँग छलफलमा भेरिएन्टको लागि सजिलै उच्चारण र गैर-कलंकित संकेत वा नामहरु प्रयोग गर्न सिफारिस गरेको हो ।

‘कोभिड-१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै ग्रिक वर्णमालाका अक्षर अल्फा, बिटा, गामाजस्ता गैर-वैज्ञानिक समूह वा स्रोता तथा दर्शकद्वारा छलफल गर्न सजिलो र अधिक व्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरिएको छ,’ विश्व स्वास्थ्य संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

The post भारतीय नयाँ भाइरसको नाम ‘डेल्टा भेरिएन्ट’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles